• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

भारतमा ओमिक्रोनका कारण करिब आठ गुणाले सङ्क्रमित वृद्धि



नयाँ दिल्ली । द्रुतरूपमा फैलिएको ओमिक्रोन संस्करणले भारतमा यस वर्षको सुरुदेखि दैनिक सङ्क्रमणमा झन्डै आठ गुणा वृद्धि गरेको छ ।
 
भारतले सोमबार एक लाख ७९ हजार ७२३ नयाँ सङ्क्रमित थपिएको जनाएको छ । भारतका नयाँ दिल्ली, मुम्बई र कोलकाताजस्ता ठूला शहरमा ओमिक्रोनले डेल्टा भाइरसको सबैभन्दा प्रचलित स्ट्रेनलाई उछिनेको बताइएको छ । 

भारतले कोरोना सङ्क्रमणबाट सोमबार १४६ जनाको मृत्यु भएको बताएको छ ।  सन् २०२० को शुरुमा भारतमा महामारीले पहिलो पटक प्रहार गरेदेखि मृत्यु हुनेको सङ्ख्या चार लाख ८३ हजार ९३६ पुगेको छ । यो सङ्ख्या  विश्वमा तेस्रो उच्च हो। एजेन्सी