६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई परीक्षाफल ढिलो प्रकाशित हुने, हालसम्म पनिकामा ५० जिल्लाको मात्र प्राप्ताङ्क प्राप्त



अ+ अ-

काठमाडौं । एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन । सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०) ले करिब ३० जिल्लाबाट प्राप्ताङ्क नपठाएका कारण ढिलो हुने देखिएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्ताङ्क आइपुगेको जानकारी दिउ । जिल्ला शिक्षा समन्वय समितिले प्राप्ताङ्क पठाउनुपर्ने व्यवस्था छ । तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बरसहितको काजगात आएको छैन । ‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म केही जिल्लाबाट प्राप्ताङ्क नआएकाले समस्या परेको छ’ –परीक्षा नियन्त्रक खकुरेलले भने । पनिकाले सबै समन्वय समितिले प्राप्ताङ्क पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्ताङ्क इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरु गर्ने जनाएको छ ।

विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई इकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था छ । मन्त्री परिषद्को बैठकले यो वर्षको एसईई परीक्षा विद्यालयलाई नै दिने निर्णय गरेको थियो । लगत्तै बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरु गरेको थियो । पनिकाले २० गते विद्यालय र ३० गतेभित्र इकाइले अंक पठाउनुपर्ने गरी निर्देशन जारी गरेको थियो । पनिकाले क्वारेन्टाइन भएको विद्यालय, जिल्ला बाहिरको प्रअ र कक्षाशिक्षक भएका कारण परीक्षाफल प्रकाशित गर्न कठिनाइ हुन सक्ने अड्कल गरेको थियो ।

तर करिब दुई सातादेखिको अविरल वर्षाका कारण राजमार्ग बन्द भएको र विकट जिल्लामा हवाई मार्गसमेत सञ्चालन नभएकाले कर्णाली, सुदूरपश्चिम र प्रदेश–१ का पहाडी जिल्लाका विद्यालयको उत्तरपुस्तिका पनिकामा आउन सकेको छैन ।
 

कक्षा ११ को अधिकार विद्यालयलाई
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पूर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकारसहितको कार्यविधि तयार गरेको छ । कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यस्थापन गर्न विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङ्क प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको कार्यविधिमा उल्लेख छ । कक्षा ११ को प्रयोगात्मक परीक्षासमेत विद्यालयले नै लिने भएको छ । अब कक्षा १२ को परीक्षा मात्र बोर्डले लिनेछ । यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको थियो । अब कक्षा १२ को मात्र ग्रेड राखेर ट्रान्सक्रिफ्ट वितरण हुनेछ ।

कार्यविधिमा गत वर्षको पूरक परीक्षाको सम्परीक्षण गर्ने अधिकार बोर्डले लिएको छ । अब कक्षा ११ को परीक्षा ९ कक्षाकै जस्तो विद्यालयबाटै सञ्चालन हुने, विद्यालयबाटै लब्धाङ्कपत्र दिइनेछ । कार्यविधि पारित भएसँगै सबै विद्यालयलाई कक्षा ११ को परीक्षा लिने बाटो खुल्नेछ । नेपाल समाचारपत्र दैनिक