१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

इन्काउन्टर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोग उदासीन

इन्काउन्टर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोग उदासीन
अ अ+ अ-

काठमाडौं । राज्य प्रशासनबाट भएको गैरन्यायिक हत्याको विषयमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोग उदासीन देखिएको छ । २०७६ सालको कात्तिकमा विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीबाट हत्या भएको विषयलाई आयोगले गैरन्यायिक हत्या भनेर रिपोर्ट सार्वजनिक गरे पनि त्यसअघि भएका घटनाको विषयमा आयोगले मुख खोलेको छैन । ५ असार २०७६ मा राज्यद्वारा प्रतिबन्धित पार्टी विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीबाट हत्या भएको थियो । सो हत्यालाई प्रहरीको भिडन्तमा नभई प्रहरीले बल प्रयोग गरेर हत्या भएको ठहर गरेको थियो । सर्लाही घटनाको अनुसन्धानमा खटिएका आयोगका सदस्य गोविन्द पौड्यालले सो घटनामा कुमार पौडेललाई नियन्त्रणमा लिएर मारेको विज्ञप्तिमार्फत जनाएका थिए ।

पौडेल हत्यामा संलग्न प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोग मुद्दा चलाउन र प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्कीले घटनाको मुचुल्का गर्दा त्रुटिपूर्ण तवरले कार्य गरेकाले सचेत गराउन निर्देशन दिएको थियो । तर, अझै कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्र्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मानवअधिकार आयोगले दोषी देखाएको थियो ।

दुई वर्षअघि मुठभेडकै नाममा भक्तपुरमा मारिएका बालक अपहरणकर्ताद्वय सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको विषयलाई आयोगले अझै टुंगोमा पु¥याउने सकेको छैन । ११ वर्षीय बालक निशान खड्कालाई अपहरणपछि मारेको आरोपमा तामाङद्वय महानगरीय अपराध महाशाखाको टोलीद्वारा मारिएका थिए । घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेपछि जंगलमा लगेर मारेको भन्दै तामाङको परिवारले मानवअधिकार आयोगमा छानबिनका लागि उजुरी दिएका थिए । आयोगले सो विषयमा छानबिन टुंगोमा पुर्याइसकेको जनाए पनि यथार्थ अझै बाहिर ल्याउन सकेको छैन ।

उजुरीका आधारमा आयोगले तत्कालीन आयुक्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज न्यौपानेलाई बोलाएको थियो । सो क्रममा आयोगले मागेको जवाफमा डिआइजी न्यौपानेले प्रतिवाद गरेका थिए । सो विषयको छानबिन अझै पनि आयोगले टुंग्याउन सकेको छैन । २१ फागुन २०७१ देखि प्रहरीबाट भएको इकाउन्टर सक्कली थियो कि नक्कली, अझै आयोगले प्रस्ट पार्न सकेको छैन । काठमाडौं भीमढुंगामा प्रहरीमाथि गोली प्रहारपछि जवाफी कारबाहीमा मारिएको भनिएका दिनेश अधिकारी ‘चरी’ की प्रेमिका खुस्बु ओलीले दिएको उजुरी आयोगमा लामो समयदेखि थन्किएर बसेको छ । आयोगले सो विषयमा अझै कुनै निर्णय गर्न सकेको छैन ।

त्यस्तै, इन्काउन्टरको शृंखलामा ३ भदौ २०७२ सालमा काठमाडौंको बीचमै अर्का डनकुमार श्रेष्ठ ‘घैंटे’लाई प्रहरीले मार्यो । सो घटनाको विषयमा मानवअधिकार आयोगले छानबिन थालेको ५ वर्ष पुग्यो, अझै टुंगोमा पु¥याउन सकेको छैन । उनले आफ्नो हत्या हुन सक्ने आँकलन गरेर २७ असारमै आयोगमा जीवन रक्षाको माग गर्दै निवेदन दिएका थिए । तर, आयोगबाट सुनुवाइ भएन । द्वन्द्वका क्रममा सक्रिय रहेको राष्ट्रिय मानवअधिकार आयोग गणतन्त्रपछि प्र्रायः निष्प्र्रभावी बनेको छ । गणतन्त्र स्थापनासँगै मधेसमा प्रहरीबाट भएको दमनमा २ सय ८१ जनाको गैरन्यायिक हत्या भएको र त्यसमा १ सय ३२ सुरक्षाकर्मी दोषी भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तको कार्यालयले रिपोर्ट सार्वजनिक गरे पनि नेपालको आयोग भने मौन बस्यो । तर, दोषी देखिएकालाई कारबाहीको साटो बढुवा र पदोन्नति गर्ने काम गर्यो ।

गणतन्त्र स्थापनापछि आयोग क्रमशः निष्प्रभावी बन्न थाल्यो । गणतन्त्रपछि मधेस आन्दोलन सुरु भयो । विशेष सुरक्षा नीति लगाएपछि तराईमा सुरक्षाकर्मीको नियोजित दमन बढेको मधेसका मानव अधिकारवादी संस्थाले प्रतिवेदन नै तयार गरेका थिए । तर, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले यस विषयलाई सशक्त रूपमा उठाए पनि आयोग मौन नै बस्यो । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तको कार्यालयले २०६५ देखि २०६८ को मधेस आन्दोलनमा २८१ गैरन्यायिक हत्या भएको र त्यसमा १३२ सुरक्षाकर्मी दोषी देखिएको रिपोर्ट सार्वजनिक गरेको थियो । राजधानी दैनिक