६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोबाट ज्यान गुमाउनेको संख्या दशककै उच्च



अ+ अ-

काठमाडौं । गत ३० जेठबाट सुरु मनसुनका कारण प्राकृतिक विपत्तिका घटनामा परी हिजो मंगलबारसम्म देशभर १ सय १७ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष मनसुन सुरु भएको पहिलो महिना अघिल्ला दस वर्षको तुलनामा धेरै मानवीय क्षति भएको छ । जसअनुसार गत ३० जेठयता हिजो मंगलबारसम्म पहिरोका कारण देशभर १ सय १४ जनाको मृत्यु भएको छ भने बाढीका कारण तीन जनाले ज्यान गुमाइसकेका छन् । पहिरोमा ४६ बेपत्ता र मंगलबार साँझसम्म ९१ जना घाइते भएका छन् । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार यसपटक मनसुन पहिलो महिना पहिरोबाट भएको मानवीय क्षति एक दशककै उच्च हो ।

गत वर्ष मनसुन पहिलो महिना पहिरोमा ३३ जनाले जनाले ज्यान गुमाएका थिए । २०७५ मा १०, २०७४ मा २३ तथा २०७३ मा १९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, २०७२ सालमा मनसुन पहिलो महिना पहिरोबाट १३, २०७१ मा १७, २०७० मा २९, २०६९ मा १७, २०६८ मा ३८ तथा २०६७ मा परि ३८ जनाकै ज्यान गएको थियो । कार्यकारी प्रमुख पोखरेल मनसुनका कारण यस वर्षको पहिलो महिनामा धेरै क्षति व्यहोर्नुपरेको बताउ“छन् । ‘पछिल्ला केही वर्षको मनसुनको पहिलो महिना हेर्दा यस वर्ष राम्रो संकेत देखिएन,’ उनले राजधानीसित भने, ‘पहिलो महिनामै पहिरोबाट धेरै मानवीय क्षति हुन पुगेको छ ।’

मनसुन पहिलो महिनामै धेरै क्षति हुनु ‘प्रि–मनसुन’मा भएको भारी वर्षा मानिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसवर्ष ‘प्रि–मनसुन’मा मुलुकका धेरै स्थानमा औसतभन्दा बढी वर्षा भएको छ । मनसुनअघिको एक महिनाको रेकर्डअनुसार धनगढीमा १७६।३ मिलिमिटर वर्षा भएको छ । त्यहाँ हुनुपर्ने औसत वर्षा ७८.९ मिलिमिटरमात्रै हो । त्यस्तै, पोखरामा २५९.२ मिलिमिटर वर्षा हुनुपर्नेमा ४६६.९८ र सिमरामा १३०.९ मिलिमिटर वर्षा हुनुपर्नेमा २०२.७ मिलिमिटर वर्षा भएको छ ।

नेपालमा वर्षभर हुने करिब ८० प्रतिशत वर्षा मनसुनमा हुने गरेको छ । प्राधिकरणले नेपालमा मनसुनी प्रभाव सक्रिय रहने समय सय दिनलाई मान्दै आएको छ । राजधानी दैनिक