२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनस्वास्थ्यका मापदण्ड उल्लंघन बढ्दो, सतर्क रहौं: विज्ञ



अ+ अ-

काठमाडौं । जनस्वास्थ्य मापदण्ड उल्लंघन हुँदा कोरोना भाइरस जोखिम थप बढ्ने भन्दै चिकित्सकले सतर्क रहन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ महामारी र व्यवस्थित लकडाउन जनस्वास्थ्य मापदण्ड २०७७’ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । सबैखाले जमघट र भेलामा कम्तीमा दुई मिटर दुरी कायम गर्नुपर्ने, घरबाहिर निस्क“दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने बुँदा मापदण्डको अनिवार्य सर्त मानिएको छ । त्यस्तै, अनावश्यक वस्तु तथा सतह नछुने, अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) अनावश्यक रूपमा नछुने, सार्वजनिकस्थलमा जथाभावी नथुक्नेलगायत बुँदा मापदण्डको आधारभूत सर्तमा समेटिएका छन् । तर, अधिकांशले जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्दै आएका छन् । जसका कारण कोभिड–१९ संक्रमणको थप जोखिम बढ्ने जनस्वास्थ्यविज्ञ बताउँछन् ।

सार्वजनिक यातायातमा बस्दा एक पंक्तीको सिटमा एकजना क्रस गरेर बस्ने व्यवस्था मिलाउने, सम्भव भएसम्म पैसा कारोबार गर्दा विद्युतीय माध्यम अपनाउने, हात धुने साबुन र पानी पर्याप्त व्यवस्था गर्नुपर्ने विषय पनि मापदण्डमा उल्लेख छ । सेवाग्राहीको व्यक्तिगत विवरण खुल्नेगरी पूरै दैनिक अभिलेख राख्ने, सार्वजनिकस्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुनपानी र स्यानिटाइजर व्यवस्था गर्नुपर्ने भनिएको छ । मापदण्ड उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय हुने उल्लेख छ ।

सरुवा रोग विशेष डा. शेरबहादुर पुनले जोखिमबाट बच्न नियमित हात धुने, भौतिक दुरी कायम गर्ने र हातले मुखनाक र आँखा छुन नहुने बताए । यसैगरी, नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ । पछिल्लो २४ घन्टामा थप १ सय ५० जनामा संक्रमण देखिएस संगै संक्रमित संख्या १७ हजार ९ सय ९४ जना पुगेको काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ र ललितपुरमा १ जना संक्रमित भेटिएका हुन् । मंगलबारसम्म नेपालमा ४० कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म आरटीपीसीआर प्रविधिबाट ३ लाख २३ हजार ८ सय ३५ जनाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या ५ हजार ४ सय ७७ जना रहेको छ । उनीहरू अधिकांश लक्षणबिहीन छन् । संक्रमण सबै जिल्लामा देखिइसकेको छ । 

के छ मापदण्डमा ?
– जमघट र भेलामा कम्तीमा दुई मिटर दुरी कायम गर्ने
– सार्वजनिकस्थलमा जथाभावी नथुक्ने
– अनावश्यक वस्तु तथा सतह नछुने
– धेरै प्रयोग हुने वस्तु ९ढोका, मेसिनका ह्यान्डल०लगायत डिसइन्फेक्टेन्ट प्रयोग गर्ने
– सार्वजनिकस्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुनपानी र स्यानिटाइजर व्यवस्था गर्नुपर्ने
– सार्वजनिक यातायातमा बस्दा एक पंक्तीको सिटमा एकजना क्रस गरेर बस्ने व्यवस्था मिलाउने (राजधानी दैनिक)