३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्छ-विमलेन्द्र निधि



oplus_0
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउँदै सफल कार्यान्वयनका लागि ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल श्रम प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘परिवर्तित सन्दर्भ र ट्रेड युनियन आन्दोलन’ विषयक गोष्ठीमा उहाँले लोकतान्त्रिक राजनीतिक व्यवस्था मजबुद बन्न सके मात्र मजदुरको हकहित सुरक्षित हुने बताउनुभयो ।

पूर्वउपप्रधामन्त्री निधिले संविधानका मुख्य पाँच विशेषताहरू गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताको सन्दर्भमा ट्रेड युनियन आन्दोलनको भूमिका केन्द्रित गर्न आह्वानसमेत गर्नुभयो । “गणतन्त्र, सङ्घीयता र लोकतन्त्र, समावेशिताको पक्षमा ट्रेड युनियनको भूमिका केन्द्रित हुनुपर्छ । त्यहीभित्र नै आफ्नो हक र हितका लागि प्रयास गरिरहनुपर्छ”, उहाँले भन्नुभयो, “यदि यसमा कुनै पनि किसिमको खतरा आउँछ भने त्यसको बचाउमा ट्रेड युनियनको अभियान केन्द्रित हुनुपर्छ ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले मूलधारका राजनीतिक दल र जनताबीचको बढ्दो दूरीलाई घटाउन संवाद आवश्यक रहेको बताउनुभयो । राजनीतिक व्यवस्था परिवर्तनपछि थुप्रै विकास र सुधारका काम भए पनि जनताको असन्तुष्टि वृद्धि हुँदै जानाका कारण पार्टीले खोज्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार सञ्चालनको दश महिना भइसक्यो तर निराशा चिर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “मूलधारका राजनीतिक दलप्रति जनताको विश्वास घट्दो छ । यो चुनौती सामना गर्न ट्रेड युनियनले पार्टीलाई सहयोग गर्न सक्दछ ।

संविधानसभा सदस्य डा बिन्दा पाण्डेले औपचारिक र अनौपचारिक श्रमिकलाई पञ्जीकरण गर्ने विषयमा जोड दिँदै श्रमिक परिचयपत्रको आवश्यकता औँल्याउनुभयो । उहाँले वर्तमान सन्दर्भमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको भूमिका प्रभावकारी बन्न नसकेको टिप्पणी गर्नुभयो ।

प्रतिष्ठानका महासचिव विकास दाहालले आर्थिक उदारीकरण, प्रविधिको प्रभाव र श्रमबजारको परिवर्तनले ट्रेड युनियनको भूमिका र प्रभावकारितामा ल्याएको परिवर्तनबारे चर्चा गर्नुभयो । उहाँले यसले  श्रमिक अधिकार, सामूहिक सौदाबाजी र सामाजिक न्यायको लडाइँमा नयाँ आयाम थपेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घका संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्याय र नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वकेन्द्रीय सदस्य धुव्रराज पुरीलाई प्रतिष्ठानले अभिनन्दन गरेको थियो । यस्तै, परियोजना व्यवस्थापनसम्बन्धी तालिममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गरियो । रासस