१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

विराटनगरमा तयार भयो बाल सुधार गृहको ट्रस, बालबालिकालाई सहज

विराटनगरमा तयार भयो बाल सुधार गृहको ट्रस, बालबालिकालाई सहज
अ अ+ अ-

मोहम्मद सदरुल

विराटनगरः विराटनगर महानगरपािलका वडा नं ३  दुधफारम स्थित बाल सुधार गृहमा नवनिर्मित ट्रसको प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र दाता एवं समाजसेवी जगदीश अग्रवालले आज एक समारोहको बीच उद्घाटन गर्नुभयो ।

अपराध मुद्दामा संलग्न बालकहरुलाई राखिएको ‘बाल सुधार गृह’ मा बसेर खाना खाने असुविधालाई समाजसेवी अग्रवालले गोबर्धनदास परोपकारी संस्थाको नामबाट रु.सात लाख लागतमा १६ फिट चौडाई र ७० फिट लम्बाईको एक ट्रस निर्माण गर्नुभएको छ । बसेर खाना खानका लागि संस्थाले एक पटकमा ४० जना बसेर खान सक्ने डेस्क र बेन्चको व्यवस्थापन गरेको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी दाहालले अनेक समस्या झेलिरहेको बाल सुधार गृहलाई व्यवस्थित बनाउन अझै काम गर्नु पर्ने आवश्यकता औँल्याउँदै कुनै न कुनै अपराधमा संलग्न यी बालकहरुलाई भोलि समाजमा पुनस्र्थाना गर्न गृहमा सकारात्मक क्रियाकलाप हुनु पर्ने भत्रुभयो ।

उहाँले सुधार गृहको तत्कालको आवश्यकता पूरा गरिदिने समाजसेवी अग्रवाललाई धन्यवाद दिनुभयो ।

प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसीले बाल सुधारमा गृहमा रहेका बालकहरुलाई भोलिका दिनमा उनीहरुले राम्रो जीवन यापन गर्न सुधार गृहमा नैतिक एवं चरित्रवान ज्ञानहरु दिनुपर्ने सुझाव दिनुभयो ।

समाजसेवी एवं दाता अग्रवालले आफ्नो पारिवारिक संस्कार नै समाजसेवा गर्नु हो भन्दै हाम्रो संस्थाले समाजमा धेरै रचनात्मक कामहरु गरेको स्मरण गर्नुभयो ।

सो सुधार गृह एक विगाहा क्षेत्रफलमा एक चमेनागृह, कक्षा ५ देखि १० सम्मका एक सामुदायिक विद्यालय र एक प्रशासनिक सहित एक आवासीय गृह र एक भण्डारण गृह छन् ।

युसेपको व्यवस्थापनमा २०७० साल देखि सञ्चालनमा आएको सो गृह ५० जना बालक अट्ने क्षमताको भएपनि अहिले २०२ बालकहरु छन् । विभित्र अपराधमा संलग्न यी बालकहरु मध्ये धेरै जसो करणी मुद्दामा दोषी करार भएर बाल सुधार गृह आएका कुरा गृहका प्रमुख मिलन चौहानले जानकारी दिनुभयो । यी बालकहरु दैनिक रु.६० र सिदा ७०० ग्राम चामल पाउँछन् ।

बाल गृहमा रहेका बालकहरुको गुनासोलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको समन्वयमा रु.९५ हजारको लागतमा ५५ इन्चको एक एलसिडी व्यवस्थान भएको छ भने केही महिना पछि शुरु हुने विश्व कप फुटबल हेर्न बालकहरुको इच्छा पूरा भएकोमा प्रजिअ दाहाल औधी खुशी हुनु भएको छ ।

बाल सुधार गृहको भौतिक पूर्वाधारको विकास गर्न प्रदेश सरकारले यसै वर्ष दिएको रु.५० लाख लागतमा भवन निर्माण भइरहेको छ । निर्माणाधीन भवनको काम सम्पत्र भएपछि सुधार गृहमा रहेको बालकहरुलाई बस्न सहज हुने भनिएको छ ।

एक कोठामा २८ जना बालकहरु सुत्नु परेको समस्यालाई नजिकबाट नियाली रहेका गृहका प्रमुख चौहानले भत्रुभयो‘ बाल सुधरा गृह’ सुधार जस्तो हुनु पर्यो।’ उहाँले ५ देखि १० सम्मको सामुदायिक विद्यालयमा तीन जना मात्र शिक्षक छन् शिक्षकको सङ्ख्या बढाउनु पर्यो, १० उतीर्ण गरेको बालकलाई १० जोड दुईको अध्ययन हुने व्यवस्था गृह भित्रै व्यवस्थापन हुनु पर्ने बालकहरुको माग पूरा हुनु पर्यो भत्रुभयो । उहाँले १८ वर्ष मुनिका बालकहरु मात्र रहने यो गृहमा आएका बालकहरु १८ वर्ष उमेर पार गरेपछि यही राख्न आवश्यक कर्मचारी र सुरक्षाको व्यवस्था हुनु पर्ने कुरामा जोड दिनुभयो । अहिले पाँच जना कर्मचारीले मात्र यति धेरै बालकलाई सन्तुलनमा राख्न समस्या छ यसमा सरकारको ध्यान जानु पर्ने उहाँको जिकिर छ ।

बाल सुधार गृहमा रहेका बालकहरुलाई उचित ज्ञान दिन दक्ष मनोविमर्श कर्ताको आवश्यकतालाई पूरा गर्नु पर्ने सुधार गृहकै अर्का कर्मचारी सरोज निरौलाले जानकारी दिनुभयो । उहाँले यी कलिला बालकहरु सुधार गृहमा आइसकेपछि उहाँहरुको चौतर्फी विकास गर्न र भोलिका दिनमा समाजमा असल नागरिक भएर बस्न सरकारले सुधार गृहको आवश्यकतामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहालले बाल सुधार गृह नामले नै सुधार गर्नु पर्ने देखिएकाले यसमा आवश्यक पूर्वाधार, दरबन्दी र बालकहरुलाई उचित वातावरण प्रदान गर्न मेरो आफ्नो तर्फबाट भरपूर मद्दत गर्ने जानकारी दिनुभयो ।