२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा दिन आजपाको माग

सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा दिन आजपाको माग
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)ले काठमाडौंको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा दिन माग गर्दै भूमी समस्या समाधान आयोग ताहाचल, काठमाडौंमा आज ज्ञापनपत्र बुझाएको छ ।

आजपाका सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, कार्यालय सचिव रन्जुकुमारी साह, सुकुम्वासी संघर्ष समितिका संयोजक सुनिता सिलवाल सहितका नेताहरुको टोलीले आयोगका विज्ञ सदस्य टेकबहादुर शाहलाई ज्ञापनपत्र बुझाउदै यथाशिघ्र लालपुर्जा दिनुपर्ने माग गरेका छन् ।

‘जनताको कर लिने तर काम नगर्ने । तलब खाने तर सुकुम्वासीको समस्या समाधान किन भएन ? जनताको समस्या समाधान आयोगले नगरी राजनीतिक भर्तीकेन्द्रको रुपमा बनाउनु गलत हो,’ आजपा सहअध्यक्ष थापामगरले भने ।

सुुकुम्वासी समस्या समाधान नभए र सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा यथाशिघ्र नदिइए कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने आजपा नेतृ साहले जनाएकी छन् । ‘सुकुम्वासीको कर चल्ने, मत चल्ने तर उनीहरुलाई खानेपानी, विधुत, शिक्षा, स्वास्थ्य नदिनु सरकारको मानवता विरोधी कार्य हो । सुकुम्वासीलाई यथाशिघ्र जग्गाधनी लालपुर्जा नदिइए हामी कडाभन्दा कडा आन्दोलन गर्न वाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने हुन्छ,’ आजपा नेतृ साहले भनिन् ।

‘भूमिहीन गरिब, दलित र सुकुम्वासीहरुको आवास तथा भूमिमाथिको पहुँच र स्वामित्व स्थापित गराई देशबाट भूमिहीनताको अन्त्य गरी जनमुखी एवं न्यायपूर्ण भूमिव्यवस्था स्थापनामा योगदान गर्ने प्रतिबद्धताका साथ स्थापित नेपाल सरकारको यस आयोगले हालसम्म पनि संघीय राजधानीमा समेत हामीलाई भोगको आधारमा जग्गाधनी लालपुर्जा प्रदान नगरेको नगराएको हुँदा हामी धेरै पिरमर्कामा रहेको बिषय जाहेर गर्न चाहन्छौं । यसले गर्दा हामीले खानेपानी, विधुत, बैंकिङ ऋण, घर नक्सा, व्यापार व्यवसाय जस्ता विविध समस्याहरु समेत झेल्नुपर्ने बाध्यात्मक स्थिति छ,’ आजपा र सुकुम्वासी संघर्ष समितिले संयुक्त रुपमा आयोगमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आफूहरुको माग सम्बोधनमा ढिलाई, आलटाल भए कडा संघर्षमा उत्रिने चेतावनी समेत दिइएको छ । ‘हाम्रो जनजीविकासंग जोडिएको यी महत्वपूर्ण समस्याहरु समाधान गर्न गराउन यथाशिघ्र हामीलाई जग्गाधनी लालपुर्जा उपलब्ध गराउन यस आयोगको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं । हाम्रो माग समयमा सम्बोधन नभए हामी कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र यसबाट सिर्जित सम्पूर्ण क्षतिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने बिषय अग्रिम रुपमा खबरदारी समेत गराउन चाहन्छौं,’ आयोगमा बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आजपा अध्यक्ष एवं सांसद प्रभु साहले सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा दिनुपर्ने आवाज सडकदेखी संसदसम्म पटक–पटक उठाउँदै आएका छन् । सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा दिएर खानेपानी, विधुत, बैंकिङ ऋण, घर नक्सा, व्यापार व्यवसाय गर्ने जस्ता समस्याको समाधान गर्न सरकारसंग साहले माग गर्दै आएका छन् ।

‘काठमाण्डौको सुकुम्बासीलाई छिटो जग्गाधनी लालपुर्जा प्रदान गर्न आम जनता पार्टीले आज भुमि समस्या समाधान आयोगलाई ज्ञापनपत्र बुझाएकोछ । वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासीहरूले लालपुर्जाको अभावमा खानेपानी, बिजुली लगायतका कयौ आधारभुत सेवाबाट वंचित भईरहेको सन्दर्भमा हाम्रो पार्टीका सुकुम्बासी अगुवा साथीहरूले सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिलाउन लिएको यो पहलकदमी सराहनीय छ ।

आज भुमाफियाहरूले रातारात काठमाण्डौको बहुमूल्य जग्गा आफनो नाऊमा गराई रहदा वर्षौदेखि बसोवास गर्दै आएको सुकुम्बासीहरूले आफूले भोग गरेको जग्गाको लालपुर्जा नपाऊनु दुःखद हो । यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउदै काठमाण्डौको सुकुम्बासीलाई छिटो जग्गाधनी लालपुर्जा उपलब्ध गराउन जोड़दार माग गर्दछु,’ आजपा अध्यक्ष साहले फेसबुकमा लेखेका छन् ।