३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



अ+ अ-

काठमाडौँ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकी सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नेपाली कांग्रेसकी सांसद राई गत शनिबार कपनबाट पक्राउ परेकी थिइन् । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोप छ ।

उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा मुछिएकी थिइन् । उनी स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक बनेको समयमा बचतकर्ताको रकम हिनामिना भएको थियो । सहकारीका मुख्य सञ्चालक जिबी राई भने अझै फरार छन् ।