२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्र पति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिनुभयो ।