१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सरकारको तयारी

नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सरकारको तयारी
अ अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ । 

सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशिय विद्युत व्यापारमा सहयोग पु¥याउनका लागि सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको बताउनुभएको हो । सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि उहाँले बताउनुभयो । नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि ड्राफ्ट गरिरहेको उल्लेख गर्दै उहाँले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हालै सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको अनुमति प्रदान गरेको छ । करिब दुईहप्ता अगाडीको क्याबिनेटबाट हामीले यो निर्णय गरेका छौँ । मन्त्रालय अन्तरदेशिय विद्युत व्यापारमा सहयोग पुगोस् भनेर नीजि क्षेत्रलाई पनि विद्युत व्यापारका लागि अनुमति दिने तयारीमा छ । हामी कार्यविधिको ड्राफ्ट गरिराखेका छौँ । त्यसपछि हामी स्टेक होल्डरलाई बोलाउने छौँ र त्यसलाई परिमार्जित गरेपछि एउटा निर्णयमा हामी पुग्नेछौँ । विद्युत व्यापारमा सरकारी र नीजि क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजानु भएको बताउनुभयो । देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उहाँको जोड छ । देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेकाले कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पु¥याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले चाहेको समृद्धिका लागि विद्युत उत्पादन र खपत वृद्धि गर्दै लैजानु पर्दछ । हाम्रो देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेको छ । यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पु¥याउनुपर्नेछ । यसका लागि हाम्रो आन्तरिक विद्युत खपत करिब ५ हजार मेघावाट पु¥याउनु पर्दछ । हाल हाम्रो पिक आवरको विद्युत माग करिब १६ सय ५० मेघावाट रहेको छ । सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजाने हो ।’

विद्युत खपतलाई वृद्धि गर्नाका लागि सरकारले विद्युतिय चुल्होको प्रयोग र विद्युतिय सवारी साधनको प्रवद्र्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पार्नुभयो । उहाँले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नीजि क्षेत्रलाई आव्हान गरिरहेको बताउनुभयो ।