१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

इतिहासमा आज : बिन लादेन अमेरिकी कारबाहीमा मारिए

इतिहासमा आज : बिन लादेन अमेरिकी कारबाहीमा मारिए
बिन लादेन
अ अ+ अ-

ओसामा बिन लादेन । अमेरिकी सरकारको सर्वाधिक खोजीको सूचीमा रहेका अल–कायदा आतंकवादी संगठनका संस्थापक बिन लादेन अमेरिकी कारबाहीमा आजकै दिन अर्थात् सन् २०११ मे २ तारिखका दिन पाकिस्तानमा मारिएका थिए ।
खासगरी अमेरिकामा २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा आतंकवादी हमलाको योजनाकार ( मास्टरमाइन्ड) का रुपमा लादेनको भूमिका रहेको मानिन्छ । अमेरिकी भूमिबाटै अपहरण गरिएका दुई वटा विमान अमेरिकाको प्रतिष्ठासँग जोडिएका न्यूयोर्कका दुई वटा टावर (ट्वीन टावर) मा ठोक्काइएको थियो । दुबै भवन ध्वस्त भएको त्यस भयानक हमलाबाट भवनभित्र रहेका चार हजार भन्दा बढी मानिस मारिएको अनुमान गरिएको छ । अर्को एक विमान भने ह्वाइट हाउस तर्फ लैजादै गर्दा दुर्घटनाग्रस्त भएको थियो ।
अमेरिकाले त्यस घटनालगत्तै बिन लादेनको खोजी थालेको थियो । उनी त्यसबखत अफगानिस्तानमा लुकेर बसेको आशंकामा तत्कालीन तालिबान सरकारसँग लादेनलाई अमेरिका समक्ष सुम्पन भनेको थियो, तर तालिबान सरकार तयार भएन ।
अमेरिकी सरकारको अनुरोध अस्वीकार गरेलगत्तै अमेरिकाले अफगानिस्तानमा भिषण आक्रमण गरेको थियो । यो आक्रमण झेल्न नसकेको अफगानिस्तानको तालिबान सरकार पतन भयो, र हमिद कारजाईको नेतृत्वमा त्यहाँ नयाँ सरकार गठन भयो ।
अफगानिस्तानका विभिन्न आतंकवादी ठेगानामा अमेरिकी सेनाले व्यापक खोजतलास र कारबाई गरे पनि बिन लादेन फेला परेनन् । त्यसबखत उनी भागेर पाकिस्तान प्रवेश गरेको भन्ने अडकलबाजी गरिए पनि पुष्टी हुने आधार फेला परेका थिएनन् ।
अन्तत: उनी पाकिस्तानको अबोटावादमा लुकेर झण्डै नौ वर्ष रहेबसेको सूचना अमेरिकी अधिकारीहरुले प्राप्त गरिछाडे । अमेरिकी सेनाले अपरेसन नेप्च्युन स्पियर नामको गोप्य योजना बनाएर अफगानिस्तानको जलालाबादबाट नेभी सिल (विशेष कमान्डो सैनिक) को टिम हेलिकप्टर मार्फत २०११ मे २ को मध्यराति बिन लादेन रहेको अबोटाबादको घरमै पुगेको थियो । नेभी सिलको कारबाहीमा बिन लादेन, उनका एक छोरा र एक महिला मारिएका थिए । भनिन्छ, अमेरिकी सेनाले उनको मृत शरीर सुरुमा जलालाबाद लग्यो, र पछि अरेबियन सागर आसपास बिसर्जन गरिदियो ।
बिन लादेन मारिएको घटनालाई लिएर अमेरिकी जनता, राष्ट्रसंघ र पश्चिमा जगतले स्वागत गरे पनि पाकिस्तान भित्र चाहिँ बिरोध भएको थियो । खासगरी पाकिस्तानी भूमिभित्र बिना पूर्व सूचना, जानकारी र अनुमति बेगर नै अमेरिकी फौज पाकिस्तानको अबोटाबाद कसरी आइपुग्यो भन्ने प्रश्न उठेको थियो । अबोटाबादमा भएको अमेरिकी सैनिक कारबाहीको घटनालाई पाकिस्तानको सार्वभौमसत्ता माथिको अतिक्रमण ठानिएको थियो । यद्यपी, यस कारबाईमा पाकिस्तानी सेनाले कुनै प्रतिक्रिया नजनाएका कारण यो घटना त्यतिकै सेलाएर गएको थियो ।