२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित दलका नेताहरुसँग के कुरा भयो ?

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित दलका नेताहरुसँग के कुरा भयो ?
अ अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले राजनीतिक भेटवार्ता तीव्र पारेका छन् । उनले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरुसँग पालैपालो भेटवार्ता गरिरहेका छन् । चौथाइवाले तीन दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

चौथाइवालेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका छन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

बुधबार मात्र नेपाल आएका चौथाइवालेले दुई दिनभित्रै सत्तासिन र विपक्षी दलका गरेर प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्रीसहित एक दर्जनभन्दा बढी नेतालाई भेटिसकेका छन् । बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुरु भएको दौडधुप बिहीबार साँझसम्मै जारी रह्यो । बुधबार चौथाइवालेले लेखकका अलावा कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र राति अबेर गरी कांग्रेस नेता शेखर कोइरालासँग डिनर भेटवार्ता गरेका थिए ।

उनले आज बिहानैदेखि फेरि भेटवार्ता सुरु गरे । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग उनले छुट्टाछुट्टै भेटवार्ता गरे । कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता प्रकाशशरण महत र उदयशमशेर राणासँग पनि उनले बेग्लाबेग्लै भेटे । त्यस्तै उनले माओवादी नेता जनार्दन शर्मालाई पनि छुट्टै भेटेका छन् ।

चौथाइलालेले मधेसी मोर्चाका नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ । उनी भोलि नै स्वदेश फर्कने छन् ।

नेताहरुसँग के विषयमा उनले कुरा गरे भनेर सार्वजनिक भएको छैन । तर गतसाता जम्मु कश्मिरस्थित पहलगाममा नेपालीसहित २६ जनाको ज्यान जाने गरी गरिएको पर्यटनमाथिको आतंकवादी हमलाको पृष्ठभूमिमा यो भ्रमण भएको देखिन्छ । चौथाइवालेले आतंकवादको विरोधमा नेपालका नेताहरूको समर्थन कायम राख्ने प्रयास गरेका छन् ।

त्यसो त भारतले पाकिस्तानमाथि विभिन्न कडा कूटनीतिक कदमहरू चालिसकेको छ । त्यसले दुई देशबीच तनाव बढाएको छ । भारत र पाकिस्तानबीच तनाव बढ्दै गर्दा चौथाइवालेले नेपाल र यहाँका नेताहरूको साथ आतंकवादको विरोधमा भारतको पक्षमा कायम रहोस् भन्ने सन्देश दिन खोजेको बताइएको छ ।