१ पुष २०८२, मंगलवार
,
Latest
१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन जाभा बास्केटबल लिगको खेलतालिका सार्वजनिक



अ+ अ-

काठमाडौं। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ ।

यही बैशाख २० गते देखि सुरु हुने लिगको बुधबार खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि प्रतिस्पर्धा हुनेछ ।
यस्तै बैशाख २१ गते आइतबार टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच हुनेछ ।

हिमालयन जाभासँगको सहकार्यमा हुने लिगमा ६ टिमको सहभागिता रहनेछ । विकेण्डमा खेलहरु आयोजना गर्ने योजना अनुसार यो बास्केटबल लिग हुन लागेको हो ।सुरुमा शनिवार र आइतबारमात्रै खेल गर्ने तयारी रहेपनि वर्षाको मौसम र लामो समय लाग्ने भएकोले थप दुई दिन मंगलबार र बुधबार पनि खेल गर्न लागिएको आयोजक नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

६ साता चल्ने बास्केटबल लिगमा पाँच साता लिग चरणका खेलहरु हुनेछ । हरेक साता कूल ६ खेल हुनेछ भने हरेक साता एक टिमले दुई-दुई खेल खेल्नेछन् ।पहिलो साता मंगलबार हाउण्ड्स र टाइम्स तथा रोएल्स र गोल्डेनगेटबीच खेलहुनेछ भने बुधबार सामाखुशी र कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।

दुई खेल हुने दिनमा पहिलो खेल दिउँसो ४ बजे र दोस्रो खेल बेलुका ७ बजे सुरु हुनेछ । यस्तै एक खेल हुने दिन साँझ ७ बजे मात्र खेल हुनेछ ।
लिगका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद हातमा रहेको आउटडोर कोर्टमा खेलाउने तयारी छ ।

प्रतियोगितामा टाइम्स क्लब, हाउण्ड्स एकेडेमी, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

डबल राउण्ड रोविन प्रणालीका आधारमा हुने लिगमा ३० खेल हुनेछ । त्सपछि शीर्ष दुईमा रहने टिमबीच फाइनल खेल हुनेछ । फाइनलमा भने दुई खेल हुनेछ ।