६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो



अ+ अ-

जेनेभा । कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार साँझसम्म विश्वभर १ करोड ५० लाख ७७ हजार १ सय ८२ जना संक्रमित भएका छन् । भाइरसका कारण ६ लाख २० हजार २ सय ५७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । संक्रमितमध्ये हालसम्म ८५ लाख ८८ हजार ७ सय ५७ जना निको भएका छन् ।

चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार अमेरिकामा मात्र ३९ लाख ५५ हजार ८ सय ६० जना कोरोना भाइरसका संक्रमित छन् । भाइरसका कारण अमेरिकामा १ लाख ४२ हजार ९ सय ४२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख २१ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३ सय ६५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ९९ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख २ हजार ९७ संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ७ सय ४९ जनाको मृत्यु भएको छ । एसियामा ३५ लाख ३१ हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ । एसियामा ८२ हजार ७ सय २३ जनाको मृत्यु भएको छ । अफ्रिकामा ७ लाख ५३ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ । १५ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । कान्तिपुर दैनिक