१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको छः अध्यक्ष ओली

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको छः अध्यक्ष ओली
अ अ+ अ-

संखुवासभा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागिरहेको बताउनु भएको हो । सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा बोल्दै उहाँले सरकार निर्वाचनबाट डराईरहेको र लुटमारमा लागि परेको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु¥याउने खोजको तर्क गर्नु भयो । 

उहाँले ‘समृद्ध नेपाल ः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रतिक्रियावादीहरु चुनावमा जान डराईरहेका छन । म तपाईहरुलाई जानकारी गराउन चाहन्छु–स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो । स्थानीय निर्वाचन सम्बन्धि ऐनमा के व्यवस्था छ फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटमारमा लागेको छ अहिले । चुनावतिर होईन । यस सरकारले स्थानीय तहहरुलाई प्रतिनिधिविहीन बनाउने, कर्मचारीमार्फत् चलाउने, त्यो षडयन्त्र गर्दैछ, जुन ५९ सालमा पनि गरेको थियो । ५९ सालमा चुनाव गराइएन । चुनाव नगराएर जनप्रतिनिधिको म्याद थपिएन । कर्मचारीलाई जिम्मा लगाइयो । जसले गर्दा स्थानीय तहहरु जनप्रतिनिधिविहीन र पंगु भए । त्यसपछि बल्ल ७४ सालमा हामीले चुनाव गरेर ५४ सालपछि २० वर्षमा स्थानीय तहको चुनाव भयो र स्थानीय जनप्रतिनिधिमार्फत् हामीले हाँक्ने मौका पायौं । 

किनभने हाम्रो हातमा सरकारमा जाने मौका मिलेन । जव हाम्रो हातमा पर्यो । अघि नै हाम्रा उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री अर्थमन्त्रीजीले भनिसक्नु भो । हाम्रो हातमा पर्दा हामीले कसरी गरेका छौं । हाम्रो हातमा पर्दा हामीले संविधान बनाउन सक्दो भूमिका खेल्यौं । म त्यसमा दोहोर्याएर जान चाहन्न । यहाँहरुलाई थाहा छ । हामीसँग समय थोरै छ । देश बनाउनका लागि, देश विग्रन नदिनका लागि, देशलाई स्वाभिमानपूर्वक उभिन सक्ने बनाउनका लागि, देशको अर्थतन्त्र अगाडि बढाउनका लागि, देशबाट गरिवी हटाउनका लागि, पछौटेपन हटाउनका लागि अर्थात् संक्षिप्तमा भन्ने हो भने सुशासन र विकासको बाटोमा समृद्धछ नेपालः सुःखी नेपाली बनाउनका लागि नेकपा एमालेलाई संखुवाबासी भाजुभाई दिदीबहिनीहरुले साथ दिँदै आउनु भएको छ । अव हिजो भन्दा बढि जोडदार ढंगले नेकपा एमालेलाई साथ दिनुहोस । म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु किनभने जनताको साथबाट मात्रै देश बनाउन सकिन्छ । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गर्नु भयो । दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअलमलिईकन एमालेमा आउनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले एमालेमात्रै मुलुकको परिवर्तन चाहने बामपन्थी पार्टी भएको पनि दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘अन्य पार्टीमा अझै पनि साथीहरु अलमलिई रहनु भएको छ । ती साथीहरुलाई र खास गरेर बामपन्थी खोल ओडेर, कम्युनिष्टको खोल ओडेर, प्रतिक्रियावादी काम गर्ने, दक्षिणपन्थीहरुको सेवा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने र आफूलाई लगेर प्रतिक्रियावादी खेमामा समाहित गर्ने नक्कली बामपन्थी, आडम्बरी बामपन्थी, बामपन्थीको खोल ओडेका त्यस्ता तत्वहरु र तीनका पार्टीहरुमा अव नअल्मलिनका लागि म दाजुभाई दिदीबहिनीहरुलाई म आग्रह गर्न चाहन्छु । साथीहरुलाई आग्रह गर्नु चाहन्छु । बामपन्थी खोल ओडेका पार्टीमा साथीहरु नअलमलिनुस् । नेकपा एमालेका आउनुस् । नेकपा एमालेमात्रै बामपन्थी अर्थात परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, जनतालाई अधिकार सम्पन्न बनाउने, सामाजिक न्याय र समानता दिने यो पार्टी हो ।’

अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार हटाएको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दावी गर्नु भयो । अन्य दलहरुले गठबन्धन गरेर आएपनि आगामी निर्वाचनमा एमालेलाई हराउन नसक्ने उहाँको दावी थियो । उपाध्यक्ष पौडेलले भन्नु भयो, ‘अहिले जुन प्रकारको गठबन्धन सरकार छ । गठबन्धन सरकार कुन हदसम्म नालायक छ । अति अर्कमण्य छ । कति विकास विरोधी छ भन्ने कुरा यहाँहरुले देखि सक्नु भएको छ । त्यस अर्थमा विकासका अभियानहरुलाई अगाडि बढाउनका निमित्त, सामाजिक न्यायको अभियानलाई अगाडि बढाउनका निमित्त, समृद्धितर्फ देशलाई अघि लैजानका निमित्त, सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्नका निम्ति फेरी पनि एमाले नेतृत्वको सरकार अपरिहार्य छ । यस अर्थमा म संखुवासभाका साथीहरुलाई आग्रह गर्न चाहन्छु–तपाईहरुले आउने निर्वाचनमा सबै पालिका विजयी हुनुहोस । 

प्रतिनिधिसभामा धेरै मत अन्तरले विजयी गराउनुहोस् । हामी जनादेशको आधारमा फेरी कमरेड केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदमा पुनस्थापित गर्न चाहन्छौं । र विकास, निर्माण र समृद्धिका रोकिएको अभियानहरुलाई गतिशील ढंगले अघि बढाउन चाहन्छौं । आउने निर्वाचनमा नेकपा एमालेको नसिवमा विजय लेखेको छ । आउने निर्वाचनमा एमाले बहुमत ल्याउनेछ । विकास, निर्माणको कामलाई तीव्रता दिनेछ ।’

कार्यक्रममा काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका जिल्ला तहका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नु भएको थियो ।