२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको राजिनामा पार्टीको एजेण्डा होईन, कसैले पनि राजिनामा मागेको छैन– बामदेब गौतम



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीको एजेण्डा नभएको बताउनु भएको छ ।  

प्राइम टेलिभिजनमामा दिनु भएको अन्तरवार्तामा नेता गौतमले  सचिवालयमा कसैले पनि राजिनामा नमागेको स्पष्ट पार्नुभएको छ ।  अन्तरबार्ताका क्रममा नेता गौतमले भन्नुभयो पार्टीभित्र राजिनामाको विषय प्रस्तावका रुपमा अहिलेसम्म कसैले  ल्याएको छैन । केही साथीहरुले स्वईच्छाले छोडिदिनुहोस् भनेर भन्नु भएको छ तर औपचारीक रुपमा राजिनामा मागेको भन्ने होईन ।

उपाध्यक्ष गौतमले नेकप एमाले हुदा ओली गुट बाट आफु निर्बाचित भएपनि त्यसपछि कुनै पनि गुटमा नरहेको दाबी गर्नुभयो । निर्बाचन भन्दा अघि म कुनै गुटमा थिए , निर्बाचित भएपछि गुट छैन म सबै नेतालाई मिलाउन लागिरहेको छु ।