१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुव्र्यवहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुव्र्यवहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभएपनि राज्यले उनीहमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताउनु भयो । उहाँले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गर्नुभयो । उहाँले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पु¥याएँ भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला । तर उहाँमाथि राज्यले गरिराखेको दुव्र्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाए हिरासतमा पु¥याएँ । उहाँलाई धन्यावाद छ स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला । ’

आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको? भन्दै उहाँले प्रश्न गर्नुभयो ।