३० बैशाख २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ वर्षीय वैभवले आईपीएलमा शतक बनाए, यस्ता छन् उनका अन्य रेकर्डहरु



अ+ अ-

एजेन्सी । १४ वर्षीय वैभव सूर्यवंशीको शतकमा राजस्थान रोयल्स (आरआर) ले गुजरात टाइटन्स (जीटी) लाई ८ विकेटले पराजित गर्यो । सोमबार जयपुरको सवाई मानसिंह रंगशालामा राजस्थानले २१० रनको लक्ष्य १६ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

राजस्थानको जितमा वैभवले शानदार शतक बनाए । उनी आईपीएल र टी-२० मा अर्धशतक र शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बने । वैभवले ३५ बलमा शतक बनाए, जुन आईपीएलमा हालसम्म कुनैपनि भारतीय खेलाडीले बनाउन सकेकाा छैनन् । उनले आईपीएलमा दोस्रो सबैभन्दा छिटो शतक बनाए ।

यस्तै छ वैभवको अन्य रेकर्डहरुः

१.आईपीएलमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी

वैभव सूर्यवंशी आइपीएलमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनको उमेरमा उनले अर्धशतक बनाएका थिए। कप्तान रियान पराग दोस्रो स्थानमा छन्, उनले २०१९ मा १७ वर्ष १७५ दिनको उमेरमा अर्धशतक बनाएका थिए।

२. यस सिजनको सबैभन्दा छिटो अर्धशतक

वैभवले आईपीएल-१८ को सबैभन्दा छिटो अर्धशतक बनाए। उनले १७ बलमा चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे। यसै सिजनमा निकोलस पूरनले हैदराबाद विरुद्ध १८ बलमा अर्धशतक बनाएका थिए ।

३. राजस्थानको उच्चतम पावरप्ले स्कोर

राजस्थान रोयल्सले आफ्नो उच्चतम पावरप्ले स्कोर बनाएको छ । पावरप्लेमा टोलीले कुनै पनि विकेट नगुमाई ८७ रन बनाएको थियो । यसअघि २०२३ मा सनराइजर्स हैदराबाद विरुद्धको खेलमा टोलीले पहिलो ६ ओभरपछि एक विकेट गुमाउँदै ८५ रन बनाएको थियो।

४. राजस्थानको लागि दोस्रो सबैभन्दा छिटो अर्धशतक

राजस्थान रोयल्सका लागि वैभवले दोस्रो द्रुत अर्धशतक बनाए । उनले यो उपलब्धि केवल १७ बलमा हासिल गरे। २०२३ मा, यशस्वी जयस्वालले कोलकाता विरुद्ध १३ बलमा अर्धशतक बनाएका थिए।

५. आईपीएलमा वैभवको दोस्रो सबैभन्दा छिटो शतक

वैभवले आईपीएलमा दोस्रो द्रुत शतक प्रहार गरेका छन् । उनले रशिद खानको बलमा छक्का प्रहार गर्दै केवल ३५ बलमा आफ्नो शतक पूरा गरे । वैभवभन्दा पहिले, क्रिस गेलले २०१३ मा पुणे वारियर्स विरुद्ध ३० बलमा आफ्नो शतक पूरा गरेका थिए, जुन अहिलेसम्मकै सबैभन्दा छिटो शतक हो ।

वैभव आइपीएलमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बने। उनीपछि युसुफ पठान आउँछन्, उनले २०१० मा मुम्बई विरुद्ध ३७ बलमा शतक बनाएका थिए ।

६. टी-२० मा शतक बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान

यससँगै, वैभव अहिलेसम्म टी(२० क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनको उमेरमा उनले राजस्थान रोयल्सका लागि गुजरात टाइटन्स विरुद्ध ३५ बलमा शतक बनाए । यसअघि विजय जोलले सन् २०१३ मा १८ वर्ष ११८ दिनको उमेरमा महाराष्ट्रका लागि मुम्बई विरुद्ध शतक बनाएका थिए ।

७. वैभव-यशस्वीको राजस्थानका लागि सबैभन्दा ठूलो साझेदारी

राजस्थान रोयल्सका लागि वैभव र यशस्वी जैसवालले कुनै पनि विकेटका लागि सर्वोच्च साझेदारी गरे। सँगै, उनीहरूले गुजरात टाइटन्स विरुद्ध १६६ रनको साझेदारी गरे जुन अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि, देवदत्त पडिक्कल र जोस बटलरले दिल्ली क्यापिटल्स विरुद्ध १५५ रनको साझेदारी गरेका थिए ।

८. राजस्थानले सबैभन्दा छिटो २००ं स्कोर पछ्यायो

राजस्थान ओभरको हिसाबले आईपीएलमा २००ं रन पछ्याउने सबैभन्दा छिटो टोली बन्यो। आरआरले जीटी विरुद्ध १५.५ ओभरमा २१० रन पछ्यायो। यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले २०२४ मा गुजरात टाइटन्सविरुद्ध १६ ओभरमा यो उपलब्धि हासिल गरेको थियो।