६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय पुस्तकालय निर्माणमा सरकारले लगायो अंकुश, ६० हजार पुस्तक थन्किए



अ+ अ-

काठमाडौं । जमलमा निर्माण गर्ने भनिएको नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्यमा सरकारले अंकुश लगाएको छ । भवन निर्माण प्रक्रियाको अन्तिम चरणमा पुगेको पुस्तकालय तत्कालका लागि रोक्ने मन्त्रिपरिषद्को निर्णयले पुस्तकालयको भविष्य संकटमा परेको छ । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत ६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्म भवन निर्माण कार्य नगर्ने नगराउने निर्णय गरेको हो । निर्णयपत्रमा भनिएको छ, ‘मन्त्रिपरिषद्कोे २०७५ असोज २८ को बैठकबाट साविक काठमाडौं नगरपालिका–१ जमलस्थित कित्ता नम्बर १२७० को ७ रोपनी १५ आना जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्न स्वीकृत प्रदान गरिएकामा अर्को निर्णय नभएसम्म सो भवनको निर्माण कार्य नगर्ने नगराउने ।’

भवन निर्माणअन्तर्गत हालसम्म वातावरण प्रभाव मूल्यांकन, माटो परीक्षण, जग्गा प्रमाणपत्रलगायत कागजी प्रक्रिया टुंगिसकेको थियो । हालसम्म पुस्तकालय निर्माण स्थलमा रहेका बिल्डिङ भत्काउने काम ६० प्रतिशत सम्पन्न भइसकेको पुस्तकालयले जनाएको छ । राजनीतिक पहुँचका आधारमा पुस्तकालय भवन निर्माण कार्य रोक लगाउन खोजिएको स्रोतले बताएको छ । भवन निर्माणका लागि पुस्तकालयले भवनको डिजाइन र नक्सासमेत तयारी अवस्थामा रहेको थियो । पुस्तकालयको भवन निर्माणका लागि १ अर्ब रुपैयाँ बढी लागत खर्च लाग्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण हरिहर भवनमा रहेको पुस्कालय भत्किएको थियो । भवन नहुँदा हाल ६० हजार बढी पुस्तक थन्किएका छन् । भूकम्पले राष्ट्रिय पुस्तकालय भत्काएपछि ऐतिहासिक, कलात्मक नेपाली संस्कृति झल्किने पुरातात्विक महत्व झल्कने पुस्तकालय निर्माण गर्ने तयारी थालिएको थियो । पुस्तकालयका प्रमुख उपेन्द्र मैनालीले मन्त्रिपरिषद्को निर्णय अप्रत्याशित भएको बताए । उनले भने, ‘हामीले भवन निर्माणका लागि सबै तयारी पूरा गरिसकेका छौं । मलाई लिखित रूपमा भवनको निर्माण कार्य नगर्ने नगराउने भनेर जानकारी प्राप्त भएको छैन ।’

राष्ट्रिय पुस्तकालयमा देशभरका प्रकाशन संकलन हुने थलो मानिन्छ । राष्ट्रको गौरवका रूपमा सरकारको एक मात्र राष्ट्रिय पुस्तकालयको भवन निर्माणमा रोक लगाउनु दुःखद रहेको सरोकारवाला बताउँछन् । राजधानी दैनिक