२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारबाट सानले बाहिरिए रञ्जन



अ+ अ-

पत्नीहत्या गरेर कारागार चलान भएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला बिहीबार हात हल्लाउँदै सानले कारागारबाट बाहिरिए। न्यायालयले गरेको फैसलामाथि प्रश्न उठिरहेका बेला उनले कारागारबाट बाहिरिने क्रममा देखाएको हाउभाउ हेर्दा सामान्य अपराधीझैं लाग्थ्यो। तर उनी सामान्य अपराधी होइनन्।पत्नी गीता ढकालको हत्यापछि अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका अपराधी हुन्। तर, आठ वर्ष ६ महिना कैद सजाय भोगेर उनी कारागारबाट बाहिरिएका हुन्।कोइरालालाई लिन पे्रमिका तारा रेग्मी कारागार पुगेकी थिइन्। प्रेमिकाकै कारमा कोइराला घरतर्फ लागेका थिए। पूर्वराष्ट्रिय भलिबल खेलाडी तारा पनि रञ्जन पत्नी हत्या अभियोगकी प्रतिवादी हुन्। उनी एक वर्ष जेल सजायपछि छुटेकी थिइन्।

कारागार परिसरमा कोइरालाका आफन्त भने देखिएनन्। उनका दुई छोराहरू पनि पुगेनन्। बाहिरिने क्रममा कोराइलाले सञ्चारकर्मीसँग हात र मुन्टो हल्लाएका थिए। कारागार प्रशासनले उनलाई सिधै गाडीमा बस्न आग्रह गरेपछि कोइराला प्रेमिका तारासँगै घर फर्किएका थिए। दिउँसो १२ बजे कारागार छाडेका कोइरालाले आफूले  प्रयोग गरेका सामान फिर्ता लगेका थिए। ती सामान देख्दा उनको कारागार बसाइ सानदार थियो भन्ने प्रस्ट हुन्थ्यो। कारागार प्रशासनले अन्य कैदीलाई रंगीन टिभी हेर्न नदिने भए पनि उनले त्यो सुविधा पाएका थिए। बाहिरिने क्रममा उनले कारागार प्रशासन प्रमुख जेलर गणेश आचार्यलाई भेटेका थिए।

त्यसक्रममा खुसी हुँदै उनले ठूलो सजाय पूरा गरेर फर्कन लागेको प्रतिक्रिया दिएका थिए। त्यसपछि हस्ताक्षर गरेर धन्यवाद भन्दै उनी कारागारबाट बाहिरिएका थिए। कारागारका जेलर आचार्यका अनुसार उनको कारागार बस्दाको स्वभाव भने शान्त थियो। ‘उहाँ खुसी हुँदै बाहिरिनुभयो,’ उनले भने, ‘अरू भिआइपी कैदी छुट्दा लिन आउनेको संख्या अलि धेरै हुन्थ्यो, उहाँलाई लिने आउनेको संख्या निकै कम थियो।’ कारागार स्रोतका अनुसार कोइरालालाई जेलमा प्रमिका तारा पटकपटक खाना पुर्याउन पुग्थिन्। उनलाई भेट्न अन्य आफन्त कारागार क्षेत्रमा कमै पुग्ने गरे पनि उनी भने पटकपटक जान्थिन्। केही महिनाअघि उनलाई कारागार प्रशासनले हप्तामा दुई पटकभन्दा धेरै नआउन आग्रह गरेको थियो।

तर, उनी प्रायः खानेकुरा पुर्याउन वा बाहिरै बस्न पनि कारागार क्षेत्र बारम्बार पुग्ने गरेको कारागार स्रोतले बतायो। २०६८ सालमा कोइराला नेसनल डिफेन्स कोर्सका लागि चीनमा थिए। माघमा उनी बिदा लिएर काठमाडौं आएका थिए। सोही समयमा महाराजगन्जमा पत्नीकोे हत्या गरेका थिए। घटना लुकाउन उनले पत्नीको शव पालुङमा जलाउन लगेका थिए। नागरिक दैनिक