१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश सुरक्षित रहेको सन्देश दिनुपर्नेमा सांसदहरूको जोड

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश सुरक्षित रहेको सन्देश दिनुपर्नेमा सांसदहरूको जोड
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश सुरक्षित रहेको सन्देश दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस्” भन्ने प्रश्तावमाथि छलफल गर्दै उनीहरूले यस्तो बताएका हुन् ।

सो अवसरमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र युरोपेली युनियन (इयु)ले नेपाली आकाशलाई कालोसूचीमा राखेको बताउँदै अन्तर्राष्ट्रिय जगतलाई नेपालको सेवा विश्वसनीय र भरपर्दो रहेको सन्देश दिनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको आकाश सुरक्षित रहेको विश्वास दिलाउँदै नेपाली आकाशमा सजिलै यात्रा गर्न सक्छौँ भन्ने सन्देश ऐनका माध्यमबाट दिनु आवश्यक बताउनु भयो । आइकाओ र इयुको कालोसूचीबाट हटाउनको लागि नेपालको आकाश सुरक्षित र कानुन पारदर्शी छ भन्ने सन्देश दिने गरी अगाडी बढ्न जरुरी रहेको उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले दिने सेवा अन्तर्राष्ट्रिय जगतलाई कसरी विश्वसनीय र भरपर्दो तुल्याउने भन्ने हाम्रो कानूनमै उल्लेख भएको अवस्थामा हामीले राम्रोसँग यसलाई अगाडी बढाउन सक्छौँ । अन्तर्राष्ट्रिय जगतलाई विश्वसनीय र भरपर्दो तुल्याउने गरी कानून तर्जुमा हुनुपर्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको आकाश सुरक्षित छ, नेपाली आकाशमा सजिलै र सुरक्षित यात्रा गर्न सक्छौँ भन्ने सन्देश ऐनका माध्यमबाट दिनु आवश्यक छ । कालोसूचीबाट हटाउनको लागि एकदमै पारदर्शी हिसाबले अन्तर्राष्ट्रिय जगतलाई विश्वास दिन सक्ने गरी नेपालको आकाश सुरक्षित र कानुन पारदर्शी छ भन्ने सम्बन्धमा हामी अगाडी बढ्न जरुरी छ ।”

नेकपा (एमाले) का सांसद एकनाथ ढकालले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास तथा बिस्तार गर्न प्रभावकारी नियमन गरी नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन विधेयक पेश गर्नु स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले बलियो नियामक निकायको अभावले हवाई दुर्घटना दोहोरिएको भन्दै उठाइने चासोलाई विधेयकले सम्बोधन गर्ने अपेक्षा राख्नुभयो । उहाँले उक्त विधेयकलाई आवश्यकताअनुसार थप परिष्कृत र परिमार्जन गरी अगाडी बढाउनु उपयुक्त हुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास तथा विस्तार गर्न प्रभावकारी नियमन गरी नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक पेश गर्नु स्वागतयोग्य छ । बलियो नियामक निकायको अभावले हवाई दुर्घटना दोहोरिएको भन्दै उठाइने चासो अब सम्बोधन गर्न सकिने अपेक्षा गर्न सकिन्छ । विधेयकलाई आवश्यकताअनुसार थप परिष्कृत र परिमार्जन गरी अगाडी बढाउनु उपयुक्त हुन्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विधेयकमा स्वतन्त्र अपिल न्यायाधिकरणको व्यवस्था उल्लेख गर्नुपर्ने बताउनु भयो । उहाँले भारत र अस्ट्रेलियालगायतका देशहरूमा नागरिक उड्डयन सम्बन्धी विवाद सुल्झाउन विशेष अपिल निकायहरू रहेको बताउँदै विधेयकलाई उक्त कुरालाई समावेश गर्न आग्रह गर्नुभयो । उहाँले स्वतन्त्र अपिल न्यायाधिकरणको व्यवस्थाले कानूनी निरूपणमा अदालतको बोझ हटाउनुका साथै छिटोछरितो हिसावले द्वन्द्वको पनि समाधान गर्न मद्दत पु¥याउने जिकिर गर्नुभयो । उहाँले विधेयकले प्राधिकरणलाई आर्थिक स्वायत्तता दिएको भएपनि त्यसको जिम्मेवारीलाई सिर्जना नगरेको बताउँदै बाह्य लेखा परीक्षणको दायित्व थप गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

खनालले भन्नुभयो, “यो विधेयकमा स्वतन्त्र अपिल न्यायाधिकरणको व्यवस्था छैन । भारत र अस्ट्रेलियालगायतका देशहरूमा नागरिक उड्डयन सम्बन्धी विवाद सुल्झाउन विशेष अपिल निकायहरू जस्तैः न्यायाधिकरण अदालतजस्ता हुन्छ । उदाहरणको लागि कुनै पाइलटलाई अस्ट्रेलियाको प्राधिकरणले उडानमा रोक लगायो भने त्यो निर्णय चित्त बुझेन भने उ अस्ट्रेलियाली प्रशासनिक न्यायाधिकरणमा जानसक्छ, अपिल गर्नसक्छ । त्यस्तो व्यवस्थाले कानूनी निरूपणमा अदालतको बोझ हटाउनुका साथै छिटोछरितो हिसावले द्वन्द्वको पनि समाधान गर्न मद्दत पु¥याउँछ । यो विधेयकले प्राधिकरणलाई आर्थिक स्वायत्तता दिएको छ, तर यसको जिम्मेवारी सिर्जना गरेको छैन । यसमा वाह्य लेखा परीक्षणको दायित्व थप गर्नुपर्ने देखिन्छ ।”

छलफलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारी निकायलाई स्वायत्त बनाउनु उपयुक्त नहुने धारणा राख्नुभयो । उहाँले विधेयकमा स्वायत्त प्राधिकरण भनेर उल्लेख गरिएको भन्दै त्यो नमिल्ने बताउनु भयो । सुवालले वायुयान, बैङ्क, वित्तीय संस्था, शिक्षा, स्वास्थ्य, खाद्यान्नसँग सम्बन्धित जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै हवाई सेवालाई निजीको जिम्मा दिनु गलत रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारको एउटा निकायलाई स्वायत्त बनाउनु कसरी उपयुक्त होला । स्वायत्त संस्था त जनताको प्रतिनिधिहरूको संस्था हुन्छ । जहाँ विकेन्द्रीकरण हुन्छ । अब सरकार छ , के मन्त्रालयहरू सबै स्वायत्त हुन्छ ? प्रधानमन्त्रीअन्तर्गत होइन , मन्त्रालय अन्तर्गतको संस्था भनेको मन्त्री अन्तर्गतको संस्था हुन्छ, स्वायत्त होइन । स्वायत्त बनाउनुको अर्थ अर्को एउटा सरकार बनाउनु जस्तो हो । त्यस कारणले यो विधेयकमा स्वायत्त प्राधिकरण भनेर जुन आएको छ, त्यो मिल्दैन । वायु यान, बैङ्क, वित्तीय संस्था, शिक्षा, स्वास्थ्य, खाद्यान्नसँग काम भनेको सरकारले जिम्मा लिनुपर्छ । आकाशमा उड्ने कुरा व्यक्तिलाई जिम्मा दिएर हुन्छ? त्यस कारण सरकार केही गर्न नसक्ने, भोली यसरी नै सिंहदरबार तपाईँहरूले छोड्दै जानुभयो भने देश रहन्छ ? त्यस कारण यो मिल्दैन । कुन चिज सरकारले गर्ने र कुन निजीले भन्ने कुरा सरकारले स्पष्ट पार्नुपर्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्तावमाथि छलफल गर्दै सांसदहरूले हवाई सेवालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।