२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्न अग्रसर बनोस्ः सांसद बडू



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद बडूले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आईतवार अकस्मात बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउँदै उपचाररत शिक्षकहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले दमन गर्नेतर्फ नभई सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अग्रसर बन्न सरकारलाई सुझाव दिनुभयो । उहाँले प्रश्तावित विद्यालय शिक्षा विधेयक अविलम्व संसद्मा प्रश्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, “२७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा हिजो १४ गतेका दिन अकस्मात दुवैतर्फबाट बल प्रयोगको अवस्था सिर्जना हुनु दुःखद् छ । लज्जास्पद पनि छ । उपचाररत सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको काम गर्न चाहन्छु । जन निर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्न जरुरी छ । यसरी सरकार दमन गर्नतर्फ होइन, सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अविलम्व अग्रसर बनोस् । प्रश्तावित विद्यालय शिक्षा विधेयक अभिलम्ब संसद्मा प्रस्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था छ? संसद्मा जानकारी गराउनका लागि समेत म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

विद्यालय शिक्षक विधेयक जारी गर्न माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू २७ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । आन्दोलनका क्रममा आईतवार प्रहरीसँग झडप हुँदा शिक्षकहरू घाइते भएका थिए ।