१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

सरकार शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्न अग्रसर बनोस्ः सांसद बडू

सरकार शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्न अग्रसर बनोस्ः सांसद बडू
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद बडूले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आईतवार अकस्मात बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउँदै उपचाररत शिक्षकहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले दमन गर्नेतर्फ नभई सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अग्रसर बन्न सरकारलाई सुझाव दिनुभयो । उहाँले प्रश्तावित विद्यालय शिक्षा विधेयक अविलम्व संसद्मा प्रश्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, “२७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा हिजो १४ गतेका दिन अकस्मात दुवैतर्फबाट बल प्रयोगको अवस्था सिर्जना हुनु दुःखद् छ । लज्जास्पद पनि छ । उपचाररत सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको काम गर्न चाहन्छु । जन निर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्न जरुरी छ । यसरी सरकार दमन गर्नतर्फ होइन, सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अविलम्व अग्रसर बनोस् । प्रश्तावित विद्यालय शिक्षा विधेयक अभिलम्ब संसद्मा प्रस्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था छ? संसद्मा जानकारी गराउनका लागि समेत म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

विद्यालय शिक्षक विधेयक जारी गर्न माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू २७ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । आन्दोलनका क्रममा आईतवार प्रहरीसँग झडप हुँदा शिक्षकहरू घाइते भएका थिए ।