३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छः रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उहाँको आरोप छ । उहाँले शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रवन्ध सरकारले गर्नुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न माग राखेर विभिन्न पक्षले सडकमा आन्दोलन गरिराखेका छन् । सरकार त्यो आन्दोलन देख्दैन । सरकार दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो जति जना पनि घाइते हुनुभएको छ उहाँहरुलाई शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको लागि सरकारसँग माग गर्दछौं ।’

फरक प्रसङ्गमा बोल्दै अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्ने बताउनु भयो । मुलुकमा रोजगारी वृद्धि गर्नको लागि तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उहाँको भनाइ छ ।