३० बैशाख २०८२, मंगलवार
,
Latest
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँः वनमन्त्री शाही बीसबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट सम्पन्न स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर ‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’ अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई ‘के घर के डेरा : घर नं २’मा धेरै पात्र भए पनि कथाको उठान र… नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्छः शरत सिंह भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताउनुभएको छ ।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा आफूहरुले धेरै चोट सहनुपरेको बताउनु भयो । उहाँले मधेसी राजनीतिक दलहरुको लक्ष्य सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने रहेको बताउनु भयो । उहाँले मधेसी शक्तिहरुबीच विभाजनको खेल हुन नदिन आवश्यक रहेको बताउनु भयो । उहाँले मधेसवादी दलहरुको लक्ष्य एकीकृत हुने रहे पनि जनता समाजावादी पार्टी, नेपालमा सोही उद्देश्यले रहेको भएपनि राष्ट्रिय अध्यक्ष ९उपेन्द्र यादव० को हेपाइका कारण छोड्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा हामीले धेरैचोटि सहनुपरेको छ । बारम्बार धोका खाएका छौँ । तर हामी सबैको लक्ष्य मधेसी शक्ति एक ठाउँमा उभिनुपर्छ भन्ने हो । हाम्रो बीचमा कुनै किसिमको विभाजनको खेल नहोस् । जनता समाजवादी पार्टी, नेपालमा त्यसै उद्देश्यले लागेको भएपनि पार्टीका केन्द्रिय अध्यक्षले चोट मात्रै दिँदा पार्टी गठन गर्नुपरेको हो । यो सहजै बिर्सिने चोट होइन । यो सबको पछाडि पनि हामी आज यहाँसम्म आइपुगेका छौँ ।’

वरिष्ठ नेता भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीमा आन्दोलनबाट आएका धेरै नेताहरु भएको र महाधिवेशनबाट उनीहरुलाई कामको जिम्मेवारी दिनुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।