१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महोत्सव स्थगित



अ+ अ-

गण्डकी । युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुस २८ गतेदेखि माघ ९ गतेसम्म आयोजना हुने ११औँ संस्करणको पोखरा महोत्सव स्थगित गरिएको छ । 

नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्णरुपमा पालना गर्दै ११औँ  संस्करणको पोखरा महोत्सव अर्को सूचना नआइन्जेलका लागि स्थगित गरिएको हो ।

क्लबका अध्यक्ष राजु श्रेष्ठद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिअनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने क्लबको उद्देश्यअनुरूप जनस्वास्थ्यप्रति उत्तरदायित्व वहन गर्नु  सबैको कर्तव्य भएकाले महोत्सव स्थगित गरिएको जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ, “महोत्सव सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक, उपप्रायोजक, प्रायोजक, सहयोगी संस्था, मिडिया, प्रवद्र्धक, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिकालगायत सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै समय अनुकूल भएपछि पुन महोत्सव सञ्चालन हुनेछ ।”