१ आश्विन २०८३, बिहीबार
,
Latest
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति मन्त्री भट्टराइले गरे खण्डन, भन्छन् ‘कुरामा विचार राख्दा चनाखो हुनुपर्छ’



फाईल फोटो
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘राम र अयोध्या’ का बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको घुमाउरो तरिकाले खण्डन गर्नुभएको छ । 

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम र अयोध्या’का विषयमा दिएको अभिव्यक्तिको पर्यटनमन्त्री भट्टराईले घुमाउरो तरिकाले खण्डन गर्नुभएको हो । मन्त्री भट्टराईले नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक भएपनि अहिलेको समयमा यस्ता कुरा गर्दा चनाखो हुनुपर्ने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गर्नुभयो ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री भट्टराईले सन्तुलित र तथ्यपरक ढंगले विचार व्यक्त नगर्दा त्यसले सांस्कृतिक र जातिय द्वेषहरु फैलाउने बताउनुभयो । सबैको आ—आफ्नै संवेदनशीलता हुने उल्लेख गर्दै उहाँले यस्ता कुरामा विचार राख्दा चनाखो हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक हो । यसमा कुनै दुईमत छैन । विभिन्न क्षेत्रबाट यसको अध्ययन गरी तथ्यहरु बाहिर ल्याउँदै जानुपर्छ । आजको दिनमा हामीले यस्ता कुरा गर्दा सबैको आफ्ना संवेदनशीलता हुन्छन् । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र देश देशका संवेदनशीलता हुन्छन् । त्यस कुरामा चनाखो हुनै पर्छ । सन्तुलित र तथ्यपरक ढंगले आफ्नो विचार प्रकट गर्नुपर्छ । त्यसले जातिय, सांस्कृतिक, धार्मिक, भाषिक द्वेसहरु जन्मिनेतर्फ भन्ने तर्फ ध्यान दिनुपर्छ । कुनै पनि छिमेकी मुलुकसँग हाम्रो सम्बन्ध प्रतिकूल नहोस् भन्नेमा हामी सचेत छौँ । सरकार सचेत छ ।’’

मन्त्री भट्टराईले सांस्कृतिक तथा पुरातात्विक विषयमा अध्ययन, अनुसन्धान र अभिलेख नेपालसँग नभएको समेत बताउनुभएको छ । उहाँले पशुपति, लुम्बिनी लगायतका धार्मिक क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएको समेत बताउनुभयो । यद्यपी त्याे मन्त्रिपरिषद्बाट पारित हुन बाँकी रहेको छ ।

पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशका मुख्य चाडपर्वहरु संरक्षणको अभियान सुरु गरिएको उहाँले बताउनुयो । सात वटै प्रदेशमा प्रति प्रदेश एक गाउँ पर्यटकीय गाउँको रुपमा विकास गर्ने गरी काम अगाडी बढाइएको पनि उहाँले बताउनुभयो ।