५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था र संविधानविरुद्धका गतिविधिहरूलाई नजिकबाट नियालिरहेका छौँः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था र संविधानविरुद्ध देखिएका गतिविधिहरूलाई नजिकबाट नियाली रहेको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानका विरुद्धमा देखिएका गतिविधिहरू नियाली रहेको बताउँदै सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको बताउनु भयो । उहाँले समयमा कानून निर्माण गर्न नसक्दा ऐन–कानूनको माग गर्दै सडकमा विभिन्न खालका आन्दोलनहरू भइरहेको समेत जिकिर गर्नुभयो । उहाँले निर्माण गर्नुपर्ने कानुनहरूलाई यथासम्भव टुङ्ग्याउन र सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गरी सुशासन कायम गर्न साझा प्रतिवद्धता आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरेबमोजिम सेवा प्रवाह लगायतका विषयहरूमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु जिम्मेवारी र कर्तव्य रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरुद्धमा देखिएका गतिविधिहरूलाई हामीले नजिकबाट नियालिरहेका छौँ । यस सन्दर्भमा सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक ठानेको छु । समयमा कानुन निर्माण गर्न नसक्दा ऐन कानुनको माग गर्दै सडकमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन् । सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई हामीले निर्माण गर्नुपर्ने कानुनहरू यथासम्भव टुङ्ग्याउन र नागरिकको समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहलकदमी र साझा प्रतिबद्धता आवश्यक छ । सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरेबमोजिम सेवा प्रवाह लगायतका विषयहरूमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु हाम्रो जिम्मेवारी र कर्तव्य हो ।”

अध्यक्ष दाहालले निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक लगायतका महत्त्वपूर्ण कानुनहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ कारबाही अगाडी बढाउने र समयमै पारित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।