३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रमाथि कारवाही होस: ठाकुर गैरे



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डाफणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

आइतवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै गैरेले उक्त विज्ञप्तिमा श्री ५ महाराजाधिराज भनेर उल्लेख भएको भन्दै संविधान र कानूनले मान्यता नदिएको वक्तव्य जारी गर्ने ज्ञानेन्द्र शाह र पाठकमाथि तत्काल कानून बमोजिम कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र भन्ने कहाँ छ ? यो लेख्न कसरी पाइन्छ । संसद र नागरिक सर्बोच्चताको उपहास गरेर यहाँ बस्न पाइन्छ कि पाइदैन ।’, सांसद गैरेले भने, ‘यो लेख्ने फणिराज पाठक र लेख्न लगाउने ज्ञानेन्द्र शाहमाथि कानून बमोजिम कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

साथै, उनले तीनकुने घटनामा पूर्व राजालाई सरकारले जिम्मेवार बनाएर कारवाही गर्नुपर्ने बताए ।