१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदका लागि पार्टी फुटाउने धृष्टता बन्द गर्नुस्– गोकुल बाँस्कोटा



अ+ अ-

काभ्रे । नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिवेशन तथा निर्वाचन पर्खन अनुरोध गरेका छन् । ज्ञवालीसँगै केन्द्रीय सदस्यद्वय एवं पूर्वमन्त्रीहरू आनन्द पोखरेल र गोकुल बाँस्कोटाले अध्यक्ष प्रचण्ड र नेता माधव नेपालका कारण नेकपाको एकता नसकिँदै मुलुक अस्थिरतातर्फ धकेलिन थालेको बताए ।

मदन भण्डारी फाउण्डेशनद्वारा बनेपामा आयोजित जिल्ला भेला कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले शनिबार सरकारको नेतृत्व छाड्नु पर्नेगरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरतातर्फ नलैजान अध्यक्ष पुष्पकमल दाहाल, पूर्व महासचिव माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुलाई अनुरोध गरे । ‘नेपालको नक्सा जारी गरेकै आधारमा राजिनामा दिनुपर्ने हो कि ? अरु कुनै अपराध गर्यो ?’ मन्त्री ज्ञवालीले भन्नुभयो–‘नक्सा जारी गर्न रहर भएकाहरुले यसअघि नेतृत्वमा हुँदा किन नगरेको ? छापाखाना हुँदैमा जारी हुने हो नक्सा ? यसका लागि मुटु भएको नायक चाहियो ।’ कोरोना भन्दा देशको चिन्ता गर्नुपर्ने समयमा नेताहरुले जनतालाई निराश पार्नेगरी गरिरहेको विवादको अर्थ नभएको बताउँदै महाधिबेशनको विकल्प नभएको ज्ञवालीले बताए । ‘केपी ओलीलाई हटाउने भनेको महाधिबेशन र अर्को निर्वाचन मात्रै हो’–मन्त्री ज्ञवालीले भन्नुभयो–‘बहुमतबाट हटाउने सपना नदेख्नुस्, त्यस्तो हुँदा एकता रहँदैन ।’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको नाम नलिईकन उनले दुई वर्षपछि दुई तिहाई आउने यकिन नभएकोले यही बेला पालैपालो बनौं भन्ने केहीलाई लागेको हुनसक्ने मन्त्री ज्ञवालीले बताए । सरकारले अपेक्षाकृत काम गर्न नसकेको तर्क गर्दै उनले पार्टी र कर्मचारीबाट सहयोग नभएको मन्त्री ज्ञवालीको आरोप थियो । ‘प्रतिपक्षभन्दा चर्को विरोध संसदमा कसले गर्छ देख्नुभएकै छ’– उनले भने– ‘सबैको साथ हुनेहो भने ५ नम्बर गियरमा सरकार चल्यो, अहिले ३ नम्बर गियरमा चलेको छ । नेकपाका दोस्रो पुस्ताका नेताहरु पनि ६० वर्ष नाघेका तर्क गर्दै उनले पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ भने ।

कार्यक्रममा नेकपा नेता एवं पूर्व मन्त्री आनन्द पोखरेलले पार्टीभित्र देखिएको विवाद कुनै विचारको नभई पदका लागि भएकाले जनता र कार्यकर्तालाई निराश नपार्न नेताहरुलाई अनुरोध गरे। महामारीमा जुध्ने बेला नेताहरुको पद लोलुपताले कम्युनिष्ट पार्टी आन्दोलनप्रति नै वितृष्णा जगाएको उनले बताए । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तथा नेकपा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले अध्यक्ष प्रचण्डलाई क्रमभंगताका नाममा पार्टीलाई दुर्घटनामा नलैजान चेतावनी दिए । ‘२६ महिनामा ६ पटक राजीनामा माग्ने ?, कार्यकर्ताहरुलाई राजनीतिक बन्दी बनाएर आफू पदका लागि लड्ने ?’–नेता बास्कोटाले भने–‘नेकपाको चालक दलको सिट फेरिदैन, चालक बदल्ने रहर हुनेहरुले महाधिबेशनसम्म कुर्ने हिम्मत गर्नुपर्छ ।’

पार्टी फुटाउन खोज्नेहरु सिमा नाका कटेर आउने सपना नदेख्न चेतावनी दिदै नेता बास्कोटाले सहमति, सहकार्य, सह अस्तित्व, सुदृढ एकता, सुस्पष्ट एकता र हार्दिकता सहितको एकता नभए सँगै जान नसकिने बताए । कार्यक्रममा नेता रामहरि सुवेदी, नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, गोमा भुर्तेल, चन्द्र लामा, बसुन्धरा हुमागाई, फाउण्डेशनका सचिव कुमार तिमल्सिना, विद्यार्थी नेता जेनिश लामा लगायतले पार्टी एकताका लागि खवरदारी गरेका थिए । भेलाले कुमार तिमल्सिनाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेन जिल्ला समिति गठन गरेको छ । नेता राकेश लामाको अध्यक्षतामा मदन भण्डारी स्पोर्टस एकेडेमी पनि गठन भएको छ । नेपाल समाचारपत्र दैनिक