७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलको विजेताले ८० लाख पाउने



अ+ अ-

काठमाडौँ । एलसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले नगद ८० लाख पुरस्कार पाउने भएका छन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम)का निर्देशक श्रेयांश कार्कीले शुक्रबार पत्रकार सम्मेलनमा विजेताले ८० लाख पाउने जानकारी दिएका हुन् । यस्तै, उपविजेताले ३० लाख पाउनेछन् ।

यसबाहेक मोस्ट भ्यालुएबल प्लेअर, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, ईमर्जिङ प्लेअर र ईनर्जेटिक प्लेअर अफ दि सिजन अवार्ड पनि प्रदान गरिने छ ।

कार्कीका अनुसार व्यक्तिगत विधाको अवार्ड विजेता रू पुरस्कार तथा अवार्ड घोषणा, पुरस्कार फाइनलपछि नै हुनेछ ।

तेस्रो संस्करणको एनएसलको उपाधिका लागि साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले भोलि प्रतिस्पर्धा गर्दैछन् ।