२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलको विजेताले ८० लाख पाउने



अ+ अ-

काठमाडौँ । एलसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले नगद ८० लाख पुरस्कार पाउने भएका छन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम)का निर्देशक श्रेयांश कार्कीले शुक्रबार पत्रकार सम्मेलनमा विजेताले ८० लाख पाउने जानकारी दिएका हुन् । यस्तै, उपविजेताले ३० लाख पाउनेछन् ।

यसबाहेक मोस्ट भ्यालुएबल प्लेअर, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, ईमर्जिङ प्लेअर र ईनर्जेटिक प्लेअर अफ दि सिजन अवार्ड पनि प्रदान गरिने छ ।

कार्कीका अनुसार व्यक्तिगत विधाको अवार्ड विजेता रू पुरस्कार तथा अवार्ड घोषणा, पुरस्कार फाइनलपछि नै हुनेछ ।

तेस्रो संस्करणको एनएसलको उपाधिका लागि साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले भोलि प्रतिस्पर्धा गर्दैछन् ।