५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्ताका लागि भनेर गएका शिक्षकहरू मन्त्रालय प्रवेश नगरी फर्किए



अ+ अ-

काठमाडौँ । सरकारसँग वार्ता गर्न भनेर गएका नेपाल शिक्षक महासंघका अधिकारीहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए ।

नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि सिंहदरबार गएको बताउदै उनले फेसबुकमा लेखेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’।

यस्तै, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरिएको २५ सदस्यीय नामावली शिक्षक महासङ्घले तयार नगरेको पनि बताएका छन् ।

यसअघि, शिक्षामन्त्री रघुजी पन्त र मन्त्रालयले दिउँसो वार्ताका लागि आव्हान गरेका थिए ।