२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्ताका लागि भनेर गएका शिक्षकहरू मन्त्रालय प्रवेश नगरी फर्किए



अ+ अ-

काठमाडौँ । सरकारसँग वार्ता गर्न भनेर गएका नेपाल शिक्षक महासंघका अधिकारीहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए ।

नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि सिंहदरबार गएको बताउदै उनले फेसबुकमा लेखेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’।

यस्तै, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरिएको २५ सदस्यीय नामावली शिक्षक महासङ्घले तयार नगरेको पनि बताएका छन् ।

यसअघि, शिक्षामन्त्री रघुजी पन्त र मन्त्रालयले दिउँसो वार्ताका लागि आव्हान गरेका थिए ।