२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल जलवायु नेतृत्वमा नेपाल दृढ छः वनमन्त्री ठकुरी जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित पूर्वसैनिकले गरे आफ्नै छोरी र भतिजोको हत्या जलवायु परिवर्तन अब सुदूरको खतरा रहेनः प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिबाट संघीय निजामती विधेयक पारित रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट कुमार र तिलप्रसादको इजलासमा हामी हातेमालो गरौं, साहस र संवेदनाका साथ अगाडि बढौं, न्यायपूर्ण भविष्यका लागि, दीगो पृथ्वीका लागि हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बेवास्ता गरेर शिक्षकहरुको आन्दोलन तुहाउन खोज्योः प्रकाश ज्वाला



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरी शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले शिक्षा विधेयक छिटो ल्याउनुपर्ने भन्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले शिक्षा विधेयकको माग गर्दै २४ दिनदेखि सडकमा रहेका शिक्षकहरुको आवाज नसुनेर सरकारले आन्दोलन तुहाउन खोजेको आरोप लगाउनु भयो । उहाँले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेगरी शिक्ष विधेयक ल्याउनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीको शैक्षिक भविष्य अन्योलग्रस्त बनाउने गरी शिक्षक आन्दोलनलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले शिक्षकहरु चर्को गर्मीको अलकत्रामा टाँसिएर आन्दोलित अवस्थामा हुँदा सरकार कानमा तेल हालेर बसेको अरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बजेट अधिवेशन भएपनि धेरै विधेयकहरु यहाँ थुप्रिएका छन् । त्यसमध्ये विद्यालय शिक्षा विधेयक, संघीय निजामति सेवा विधेयकलगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने छ । विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाब दिने उद्देश्यले शिक्षकहरु आन्दोलनको मोर्चामा छन् । आज २४ दिन भइसक्यो । २४ दिनसम्म पनि सरकारले सुनिरहेको छैन । कानमा तेल हालेर बसिरहेको छ बहिरो जस्तै गरेर यो सरकारले यो आन्दोलनलाई तुहाउने प्रयत्न गरिरहेको छ । शिक्षकका आवाजहरु सुनिएको छैन । शिक्षकहरु तपाई हामी सबैका गुरुहरु अहिले पनि त्यो चर्को गर्मीमा अदकत्रामा टाँसिएर आन्दोलनमा छन् । म एक पटक यो सरकारको ध्यानाकर्षण गराउन चाहन्छु यो भविष्यका कर्णधार भाइबहिनीहरुको पढाइ अध्ययनलाई अलपत्र पार्ने गरी अन्योलग्रस्त पार्ने गरी यो आन्दोलनप्रति वेवास्ता गर्ने होइन । वार्ता गरेर छलफल गरेर यो समस्याको छिटोभन्दा छिटो समाधान गर्नुपर्छ । अहिले सबैभन्दा ठुलो मागको रुपमा अगाडि सारिएको यो माग नगरेपनि पुरा गर्नुपर्ने हो विद्यालय शिक्षा विधेयक अहिले यहाँ छलफलमा छ, त्यो छिटो पारित हुनुप¥यो । पारित पनि अग्रगामी एजेण्डासहित, विषय वस्तुसहित गुणस्तरीय शिक्षा हामीले कसरी ग्यारेन्टी गर्न सक्छौँ, यसलाई विद्यार्थी मैत्री कसरी बनाउन सक्छौँ । र हिजो सम्झौता भएका र अहिलेका सडकमा माग गरिएका मुद्दा कसरी सम्बोधन गर्नसक्छौँ छिटो भन्दा छिटो विद्यायय शिक्षा विधेयक ल्याइनु पर्छ । फास्ट ट्रयाकबाट ल्याइनु पर्छ र शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने अवस्था बनाउनु पर्दछ । विद्यार्थीहरुको पढाइ सहज बन्ने स्थिति बनाइनु पर्छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

सांसद ज्वालाले सहकारी पीडित, मिटर ब्याजपीडित, चिकित्सकलगायतका आन्दोलनको घेराबन्दीमा सरकार रहेको बताउनु भयो । उहाँले जनताको पीडालाई दबाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिनुभयो ।