१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले बेवास्ता गरेर शिक्षकहरुको आन्दोलन तुहाउन खोज्योः प्रकाश ज्वाला

सरकारले बेवास्ता गरेर शिक्षकहरुको आन्दोलन तुहाउन खोज्योः प्रकाश ज्वाला
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरी शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले शिक्षा विधेयक छिटो ल्याउनुपर्ने भन्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले शिक्षा विधेयकको माग गर्दै २४ दिनदेखि सडकमा रहेका शिक्षकहरुको आवाज नसुनेर सरकारले आन्दोलन तुहाउन खोजेको आरोप लगाउनु भयो । उहाँले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेगरी शिक्ष विधेयक ल्याउनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीको शैक्षिक भविष्य अन्योलग्रस्त बनाउने गरी शिक्षक आन्दोलनलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले शिक्षकहरु चर्को गर्मीको अलकत्रामा टाँसिएर आन्दोलित अवस्थामा हुँदा सरकार कानमा तेल हालेर बसेको अरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बजेट अधिवेशन भएपनि धेरै विधेयकहरु यहाँ थुप्रिएका छन् । त्यसमध्ये विद्यालय शिक्षा विधेयक, संघीय निजामति सेवा विधेयकलगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने छ । विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाब दिने उद्देश्यले शिक्षकहरु आन्दोलनको मोर्चामा छन् । आज २४ दिन भइसक्यो । २४ दिनसम्म पनि सरकारले सुनिरहेको छैन । कानमा तेल हालेर बसिरहेको छ बहिरो जस्तै गरेर यो सरकारले यो आन्दोलनलाई तुहाउने प्रयत्न गरिरहेको छ । शिक्षकका आवाजहरु सुनिएको छैन । शिक्षकहरु तपाई हामी सबैका गुरुहरु अहिले पनि त्यो चर्को गर्मीमा अदकत्रामा टाँसिएर आन्दोलनमा छन् । म एक पटक यो सरकारको ध्यानाकर्षण गराउन चाहन्छु यो भविष्यका कर्णधार भाइबहिनीहरुको पढाइ अध्ययनलाई अलपत्र पार्ने गरी अन्योलग्रस्त पार्ने गरी यो आन्दोलनप्रति वेवास्ता गर्ने होइन । वार्ता गरेर छलफल गरेर यो समस्याको छिटोभन्दा छिटो समाधान गर्नुपर्छ । अहिले सबैभन्दा ठुलो मागको रुपमा अगाडि सारिएको यो माग नगरेपनि पुरा गर्नुपर्ने हो विद्यालय शिक्षा विधेयक अहिले यहाँ छलफलमा छ, त्यो छिटो पारित हुनुप¥यो । पारित पनि अग्रगामी एजेण्डासहित, विषय वस्तुसहित गुणस्तरीय शिक्षा हामीले कसरी ग्यारेन्टी गर्न सक्छौँ, यसलाई विद्यार्थी मैत्री कसरी बनाउन सक्छौँ । र हिजो सम्झौता भएका र अहिलेका सडकमा माग गरिएका मुद्दा कसरी सम्बोधन गर्नसक्छौँ छिटो भन्दा छिटो विद्यायय शिक्षा विधेयक ल्याइनु पर्छ । फास्ट ट्रयाकबाट ल्याइनु पर्छ र शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने अवस्था बनाउनु पर्दछ । विद्यार्थीहरुको पढाइ सहज बन्ने स्थिति बनाइनु पर्छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

सांसद ज्वालाले सहकारी पीडित, मिटर ब्याजपीडित, चिकित्सकलगायतका आन्दोलनको घेराबन्दीमा सरकार रहेको बताउनु भयो । उहाँले जनताको पीडालाई दबाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिनुभयो ।