२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री पाण्डेको प्रश्तावः काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाउन प्रश्ताव गर्नुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौंभित्र धेरै सम्पदाहरु रहेको उल्लेख गर्दै स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुका लागि छुट्टै पदमार्गको विकास गर्न जरुरी देखिएको बताउनु भयो । यसले पर्यटकलाई निश्न्ति भएर घुम्न मिल्ने र सम्पदाको पनि संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा जतिसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने भन्दै त्यसका लागि सचेत भएर बस्नुपर्ने बताउनु भयो । उहाँले यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्न जरुरी रहेको बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘हामी कहाँ भूकम्प जुनसुकै बेला, जति पनि ठूलो आउनसक्छ भन्ने त्यत्ति नै जोखिम छ । त्यसैले हामीले बनाउने सम्पदाहरु भूकम्प जुनसुकै बेला र जति पनि ठूलो आउनसक्छ । यसबाट जोगिनुपर्छ भन्ने कोणबाट पनि हामी सचेत हुन जरुरी छ । यसका लागि तीन तहकै सरकारहरुले मिलेर काम गर्नुपर्छ । कतिपय ठाउँहरुले पुरातत्वलाई जोगाउनका लागि हाम्रा अभ्यासहरुलाई, हाम्रा जीवनशैलीलाई पुरातात्विक ढंगले नै हामीले अपनाउने गरी पूर्वाधारहरु खडा गरौँ भन्ने ठान्दो रहेछ । सम्पदा जोगाउनका लागि त्यहाँ मानिसहरु गाडी पनि चलाउँदैनन् । त्यहाँ अरु कुनै भौतिक साधन, आधुनिक साधनहरु चलाएर भ्रमण पनि गर्दैनन् । हामीले सम्भव भयो भने काठमाडौंभित्र थुप्रै सम्पदाहरु छन् । स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुमा हामीले बिस्तारै यस्तो सर्किट डेभलप गरौँ । जहाँ मानिसहरु निर्वाध ढंगले हिँड्न पाओस् । पछाडिबाट गाडी आउँछ की, हर्न बजाउँछ की, छून्छ की भन्ने भय नहोस् । पैदल यात्री मात्रै हिँड्न मिल्छ भनेर एउटा सर्किटको डेभलप गर्ने काम गरौँ । काठमाडौं उपत्यकालाई सम्पदा यात्राको रुपमा, सर्किटको रुपमा विकास गर्ने हो भने यसको प्रभाव अन्य ठाउँमा पर्नेछ ।’

मन्त्री पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउने काम गर्न जरुरी रहेको बताउनु भयो । भूकम्पपछिको पुनःनिर्माणसँगै नेपालीको आस्था, धारोहर र आत्मविश्वास उठेको बताउनु भयो ।