१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

लोकतान्त्रिक गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुःशाहस नगरे हुन्छः प्रमुख सचेतक घिमिरे

लोकतान्त्रिक गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुःशाहस नगरे हुन्छः प्रमुख सचेतक घिमिरे
अ अ+ अ-

काठमाडौं ।  नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले वीरहरुले बलिदानी दिएर प्राप्त गरेको लोकतान्त्रि गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुःशाहस नगर्न राजावादीहरुलाई चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो चेतावनी दिनुभएको हो । विभिन्न प्रलोभनमा दुई/चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा व्यवस्था नपल्टिने उहाँको भनाइ छ । यदि कसैले तोडफोड, लुटपात र आगजनी गर्दैमा व्यवस्था पल्टाइदिने कुरा गर्छ भने त्यो जत्तिको अराजनीतिक मान्छे अरु कोही नहुने उहाँको जिकिर छ । उहाँले अराजनीतिक मान्छेबाट व्यवस्थालाई कुनपनि चुनौती नरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज एकाएक समाजमा जन्मिएका नेपाली समाजले पत्याउन पनि नसकेको एउटा झुण्डले यो देशमा बलिदानी वीरहरुले लोकतान्त्रिक गणतन्त्रलाई मिति तोकेरै सिध्याइदिन्छु भन्ने दुस्साहस नगरेपनि हुन्छ । आन्दोलन गर्ने विषय कति कठिन छ त्यो त गरेकाहरलाई नै थाहा छ । बच्चा जन्माउनुको पीडा बच्चा जन्माएकी आमालाई मात्रै थाहा हुन्छ । चैत १५ गतेझै विभिन्न प्रलोभनमा दुईरचार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा कसैले व्यवस्था पल्टाइदिन्छु भन्छ भने त्यो जति अराजनीतिक मान्छे कोही पनि हुदैन । यस्ता अराजनीतिक मानिसहरुबाट यो व्यवस्थालाई कुनै चुनौती हुन सक्दैन । त्यसकारण लोकतन्त्र कुनै वाद, व्यवस्थाभन्दा पनि जीवनपद्धति र संस्कार हो । त्यसकारण यति धेरै अधिकारसहितको जीवनपद्धति अंगालिसकेको नेपाली जनतालाई केही समय र केही संख्यालाई भ्रममा राख्न सकिएला । तर नेपाली जनतलाई सकिन्न भन्ने कुरा बुझ्न म आग्रह गर्न चाहन्छु । ’

उहाँले नेपाली काँग्रेस स्थिरताको पक्षमा दृढतापूर्वक उभिने पक्षमा रहेको बताउनु भयो । अहिले सरकार ढल्ने भनेर भइरहेको चर्चामा कुनै सत्यता नरहेको उहाँको जिकिर छ ।