१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक शोक प्रस्ताव परित गरी स्थगन गरिएको छ ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद दीपक बोहोराको निधन सम्बन्धमा अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेसँगै सभा स्थगन गरिएको हो । यसअघि स्व बोहोराप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्व बोहोरा संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो । उहाँ रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको संसद्मा निर्वाचित हुनुभएको थियो । अध्यक्ष दाहालले भन्नुभयो, “विसं २००७ चैत १८ गते जन्मिनुभएका प्रतिनिधिसभा सांसद बोहोराको ७४ वर्षको उमेरमा गत चैत १९ गते निधन भएकामा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।”

सभाको अर्को बैठक वैशाख १४ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ । सभाध्यक्ष नारायणप्रसाद दाहालले सभाको १८औँ अधिवेशनको पहिलो बैठकमा सदस्यलाई स्वागत गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।