५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु



अ+ अ-

मकवानपुर । बिहीबारे हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्युभएको छ ।

गएराति मनहरीबाट सुनाचुरीतर्फ गइरहेको बा६२प १११४ नंको मोटरसाइकलले अन्दाजी ६० वर्षीया महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते ती महिलालाई प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको सनाखत नभएको र मोटरसाइकल चालक ३२ वर्षीय मन्सु गुरुङलाई मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित घरबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।