६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ का विद्यार्थीको ५२ करोड खै ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का परीक्षार्थीसंग रजिष्ट्रेशन र परीक्षा शुल्क वापत असुलेको ५२ करोड रुपिँयाको बारेमा कुनै निर्णय गर्न सकेको छैन । यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएपछि बोर्डले उठाएको रकमको बारेमा निर्णय गर्न सकेको छैन । बोर्डले कक्षा ११ मा रजिष्ट्रेशन वापत ४ सय र परीक्षा सञ्चालन खर्च ६ सय गरी प्रति बिद्यार्थी एक हजार रुपिँया संकलन गरेको थियो । विद्यालयले परीक्षा नै नभएपछि उक्त रकम फिर्ता गर्नुपर्ने तर्क गर्न थालेका छन । कक्षा ११ मा करिब ५ लाख २८ हजार परीक्षार्थी सामेल हुने अवस्थामा थिए ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा केही रकम खर्च भएको जानकारी गराउदै बांकी रकम के गर्ने भन्ने विषयमा छलफल भैरहेको बताए । उनले भने–सबै कार्यालयबाट हिसाब मागिरहेका छौ, हिसाब आएको केही दिनपछि बाँकी रकम के गर्ने रु भन्ने विषयमा निर्णय गर्नेछौ । बोर्डले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा कति खर्च भयो ? भन्ने विषयमा यकिन हिसाब निकाल्ने तयारीमा छ । बोर्डको बैठकले सबै आर्थिक विवरण तयार भएपछि बांकी रकम विद्यालयलाई नै दिने गरी तयारी गरिरकेको छ । बोर्डले बांकी रकमले विद्यालयले परीक्षा सञ्चालन गर्न, निरीक्षक भत्ता र उत्तरपुस्तिका परीक्षणमा खर्च गर्ने गरी फिर्ता दिने तयारी गरेको छ ।

हामी विद्यार्थीलाई मर्का नपर्नेगरी निर्णय गर्ने तयारीमा छौं–अध्यक्ष पौडेलले भने । बोर्डले करिब १५ करोड रुपिया खर्च भएको हुनसक्ने अनुमान गरेको छ । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)को पनि परीक्षा वापत उठाएको रकम र खर्च भएको विवरण सार्वजनिक हुन सकेको छैन । परीक्षा बोर्डले एसईई परीक्षाको खर्चको विषयमा समेत छलफल शुरु गर्ने भएको छ । एसईई परीक्षा पनि विद्यालयबाटै सञ्चालन भएपछि उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ । परीक्षाफल प्रकाशित गर्ने दायित्व पनिकाको भएपनि यो वर्ष उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ ।

बोर्डले परीक्षा सञ्चालन र व्यववस्थापन खर्च प्रदेश मातहतको कार्यालयलाई पठाइसकेको छ । प्रदेशले परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने भएपछि सो रकमको विषयमा बोर्डले निर्णय गर्न नसक्ने अध्यक्ष प्राडा पौडेलको भनाई थियो । परीक्षा नियन्त्रक रामराज खकुरेलले प्रति उत्तरपुस्तिका परीक्षण गरेवापत परीक्षकले ३० रुपिया पाउने व्यवस्था भएको बताए । बोर्डले उत्तर पुस्तिका परीक्षण गर्न करिब १४ करोड रुपिया खर्च हुने जानकारी दिएको छ । सो रकम कहा खर्च भयो भन्ने विषयमा प्रदेश सरकारले हिसाब दिनुपर्नेछ ।

कक्षा १० को परीक्षा खर्च वापतको रकम नेपाल सरकारको खातामा जान्छ । कक्षा ११ र १२ को बोर्डको खातामा जाने गरेको छ । बोर्डले कक्षा ११ को निर्णय गरेपनि १० कक्षाको निर्णय गर्न सक्दैन । परीक्षा नियन्त्रक खकुरेलले एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्न सबै प्रकृया गर्नुपर्ने भएकोले केही रकम खर्च हुनसक्ने बताए । नेपाल समाचारपत्र दैनिक