६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानको पालीका बजारमा आगलागिः ११ व्यापारीका पसल जले



अ+ अ-

धरान । सुनसरीको धरान उपमहानगरपालिका –३ स्थित पालिका बजारमा आगलागी भएको छ। सोमबार बिहानै लागेको आगलागीमा परी ११ वटा कसमेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। 

पालिका बजारको एक पसलमा भएको विद्युत सटका कारण आगलागी सुरु भएको प्रहरी निरीक्षक ओलीले बताए। आगलागीमा परी वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई, यामकुमार विक, कल्पना तामाङ, रमा चौहान, अनिता आचार्जुको टिनको छानो भएको पसल जलेर नष्ट भएको छ। 

आगलागीमा करिब ५२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागी पश्चात धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

पालिका बजारमा कसमेटिक र तरकारी पसल संचालन गरी परिवार पाल्दै आएका उनीहरुको पसल जलेर नष्ट भएपछि परिवार नै बिचल्लीमा परेको  पीडितहरुको गुनासो छ। उनीहरुले उचित क्षतिपूर्ति दिलाई दिन सरकारसँग माग गरेका छन्। अन्नपुर्णपोष्ट दैनिक