६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीराम सुगर मिल्स बन्द



अ+ अ-

रौतहटको सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ। आइतबार उद्योगको तर्फबाट सूचना प्रकाशित गरी उद्योग व्यवस्थापनको साउन ९ को निर्णय अनुसार साउन ११ बाट स्थायी रुपमा उद्योग बन्द गरिएको जनाएको छ। निरन्तर घाटामा गएको भन्दै ११ साउनदेखि स्थायी रुपमा उद्योग बन्द गरिएको जनाएको छ।

दुई दशक पहिले स्थापना भएको उद्योग सञ्चालन भएको सुरुका केही वर्ष नाफामा रहे पनि त्यसपछिको समयमा निरन्तर घाटामा गएको र आव ०७५/७६ सम्म उद्योगले दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार तीन सय ७६ रुपैयाँ घाटामा गएको जनाएको छ।

अर्बौं रुपैयाँ घाटामा गएको, उखु किसानलाई पनि करोडौं तिर्न बाँकी रहेको तथा उद्योगमा कार्यरत श्रमिक–कर्मचारीको तलब भुक्तानीमा समस्या रहेको भन्दै उद्योग जर्जर अवस्थामा पुगेर बन्द गर्नु परेको उद्योग व्यवस्थापनको तर्क रहेको छ। हरेक वर्ष करोडौं घाटामा रहेको उद्योगले श्रमिक–कर्मचारीलाई न्यूनतम तलब–भत्ता दिन पनि अभाव रहेको व्यवस्थापनको सूचनामा जनाइएको छ।

उद्योगमा चरम आर्थिक अभाव रहेकाले उद्योगको चल अचल सम्पत्ति बिक्री गरेर श्रमिक–कर्मचारीको बाँकी तलब–भत्ता भुक्तानी गर्ने र कम्पनीको नाममा रहेको श्रीसम्पत्ति बिक्रीका लागि सरकारसित अनुमति लिने प्रक्रियामा उद्योग गरेको पनि जनाइएको छ। उद्योगको श्रीसम्पत्ति बेचेर उखु किसानलाई पनि भुक्तानी दिइने व्यवस्थापन पक्षको भनाइ रहेको छ। नागरिक दैनिक