२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकताको घोषणा गर्ने



अ+ अ-

काठमाडौं । डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच वैशाख १७ गते एकताको घोषणा हुने भएको छ ।

दुई पार्टीबीच एकता घोषणा गर्ने तयारी भएको अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।

‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’, सचिवालयले भनेको छ, ‘जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने छौँ। ’

दुई पार्टीबीच भएको सहमति अनुसार पार्टी एकतापछि पार्टीको नाम नागरिक जनमत रहने छ । यस्तै, पार्टीको अध्यक्ष राउत, संरक्षकमा रेशम चौधरी र रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने र संयुक्त पार्टीको चुनाव चिन्ह ढकिया रहने सहमती भएको छ ।