२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकहरुको आन्दोलन आज पनि



अ+ अ-

एजेन्सी । विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पति प्रदर्शन जारी राखेका छन् ।

तीन साता यता शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा बिरोध जारी राखेका हुन् ।

उनीहरुले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । सरकारले वैशाख १२ गते बजेट अधिवेशन बोलाएको छ । शिक्षकका मागहरु बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक ल्याएर पूरा गर्ने आश्वानस दिएपनि जारी नगरेसम्म आन्दोलन नरोक्ने शिक्षकहरुको अडान छ । शिक्षकहरुको आन्दोलका कारण वैशाख ११ गतेबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ ।

सरकारले वैशाख महिनाभित्र शिक्षकहरुको माग पूरा गर्ने विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ । तर शिक्षकहरु सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन् ।