६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रूपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रूपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १८ रूपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २३ पैसा र बिक्रीदर १४ रूपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८२ पैसा र बिक्रीदर २० रूपैयाँ ९१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १७ रूपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८० पैसा रहेको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।