६ भाद्र २०८३, शनिबार
,
Latest
अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ लाख लागतमा मलामी विश्राम घर निर्माण



अ+ अ-

सिरहा। लहान नगरपालिका–१६ तरेगणास्थित बलान नदी र झिझर खोलाको देभानमा रू २५ लाख लागतमा मलामी विश्रामघर निर्माण गरिएको छ ।

सङ्घीय सरकारको सशर्त अनुदानबाट बनेको उक्त विश्रामघरको आज लहान नगर प्रमुख महेशप्रसाद चौधरीले उद्घाटन गर्नुभयो । उदघाटन समारोहमा मृत्युपश्चात दाहसंस्कारमा आउने मलामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले विश्रामघर निर्माण गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

विश्रामघर नहुँदा दाहसंस्कारमा मलामी गएको बेला मानिसलाई घामपानीमा समस्या हुन्थ्यो । वर्षातमा सुरक्षितसाथ बस्ने ठाउँ थिएन”, उहाँले भन्नुभयो, “अब त्यस किसिमको समस्याबाट छुटकारा मिल्ने छ ।”

नगरप्रमुख चौधरीले स्थानीयको मागअनुसार घर निर्माण गरिएको बताउनुभयो । विशेषगरी बलान नदी वारी सिरहा र पारी सप्तरीपर्ने हुनाले दुवै जिल्लावासीलाई यस विश्रामघरले सहज हुने लहान–१६ का वडाअध्यक्ष गडुलबहादुर जर्घा मगरले जानकारी दिनुभयो ।

यसअघि बजेट अभावले बन्न नसकेको विश्रामघर यसपटक बन्न सकेकोमा स्थानीयले राहत महसुस गरेको उहाँले बताउनुभयो । आयोजना सम्झौता भएको चार महिनामै निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । रासस




भर्खरै