६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ लाख लागतमा मलामी विश्राम घर निर्माण



अ+ अ-

सिरहा। लहान नगरपालिका–१६ तरेगणास्थित बलान नदी र झिझर खोलाको देभानमा रू २५ लाख लागतमा मलामी विश्रामघर निर्माण गरिएको छ ।

सङ्घीय सरकारको सशर्त अनुदानबाट बनेको उक्त विश्रामघरको आज लहान नगर प्रमुख महेशप्रसाद चौधरीले उद्घाटन गर्नुभयो । उदघाटन समारोहमा मृत्युपश्चात दाहसंस्कारमा आउने मलामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले विश्रामघर निर्माण गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

विश्रामघर नहुँदा दाहसंस्कारमा मलामी गएको बेला मानिसलाई घामपानीमा समस्या हुन्थ्यो । वर्षातमा सुरक्षितसाथ बस्ने ठाउँ थिएन”, उहाँले भन्नुभयो, “अब त्यस किसिमको समस्याबाट छुटकारा मिल्ने छ ।”

नगरप्रमुख चौधरीले स्थानीयको मागअनुसार घर निर्माण गरिएको बताउनुभयो । विशेषगरी बलान नदी वारी सिरहा र पारी सप्तरीपर्ने हुनाले दुवै जिल्लावासीलाई यस विश्रामघरले सहज हुने लहान–१६ का वडाअध्यक्ष गडुलबहादुर जर्घा मगरले जानकारी दिनुभयो ।

यसअघि बजेट अभावले बन्न नसकेको विश्रामघर यसपटक बन्न सकेकोमा स्थानीयले राहत महसुस गरेको उहाँले बताउनुभयो । आयोजना सम्झौता भएको चार महिनामै निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । रासस