काठमाडाैंः परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यी बीच साेमबार साँझ टेलिफाेन वार्ता भएकाे छ ।
उहाँहरूबीच काेराेनाभाइरसका कारण सिर्जित समस्या र त्यसकाे राेकथामका विषय सहित द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
त्यस अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालकाे विकास प्रयासमा चीनकाे साथ र सहयाेग निरन्तर रहने विश्वास व्यक्त गर्नु भएकाे थियाे ।










