६ भाद्र २०८३, शनिबार
,
Latest
गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको छ’



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सङ्कट समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको बताउनुभएको छ ।

पार्टीद्वारा नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित विचार गोष्ठीमा उहाँले राष्ट्रियता, जनजीविका, सामाजिक रुपान्तरणलगायत विषयलाई उचित ढङ्गले अघि बढाउन कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गर्नुपर्ने बताउनुभयो ।

ठूला पार्टीको आत्मकेन्द्रित स्वार्थीपनका कारण जनताको समृद्धिको चाहना पूरा हुन नसकेको बताउँदै उहाँले जनतामा असन्तोष, विरोध र आक्रोश बढ्दै गएकाले यसको जिम्मेवारी ठूला पार्टीहरूले लिनुपर्ने टिप्पणी गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफ्नो पार्टी भएको उल्लेख गर्नुभयो ।

पार्टीको महासचिव घनश्याम भुसालले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहिनताले प्रतिभा पलायन भइरहेको अवस्थामा संविधानका प्रगतिशील र समाजवादी पक्षलाई कार्यन्वयन गर्नुपर्ने जोड दिँदै प्रतिगामी शक्तिकाविरुद्ध सङ्घर्ष गर्न देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउनुभयो ।

उहाँले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो । पार्टी सचिव शेरबहादुर कुँवरले जनता र राष्ट्रका समस्या पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै मुलुकको विद्यमान समस्या समाधान गर्ने वैचारिक सामथ्र्य एकीकृत समाजवादीसँग रहेको बताउनुभयो । रासस