६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ हजार नेपालीको उद्धार, कुन देशबाट कति ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।

त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

सबैभन्दा बढी यूएईबाट
विभिन्न एयरलाइन्सका उडानमार्फत संयुक्त अरब एमिरेट्स यूएईबाट सात हजार ७८५ जनाको उद्धार भएको छ । कुवेतमा आम माफी पाएका र अन्य अलपत्र परेकासहित पाँच हजार ५४९ जनाको उद्धार गरिएको छ ।

यस्तै साउदी अरबबाट पाँच हजार ६११, मलेसियाबाट पाँच हजार ३३३ जना र कतारबाट तीन हजार ९४१ जनाको उद्धार गरिएको हो । यस्तै अफगानिस्तान ३३, अस्ट्रेलिया ६३४, म्यानमारबाट २६, जापान ७५६, थाइल्यान्ड ३२६, दक्षिण कोरिया ४७६, बङ्गलादेश ८४१, माल्दिभ्स ७०९, श्रीलङ्का पाँच, सिङ्गापुर १४६, हङ्कङबाट ८९ र पाकिस्तानबाट ७२ जनालाई ल्याइएको छ ।

त्यसैगरी बहराइनबाट ९८०, ओमानबाट ४९२, अमेरिका ४२३, बेलायत २२९, इजरायल १२७, चीनबाट १०५ जना, टर्कीबाट ३४ जना र फिलिपिन्सबाट २०१ जना र इन्डोनेसियाबाट २० जनालाई स्वदेश फर्काइएको समितिले जनाएको छ ।

फर्केकामध्ये सबैभन्दा बढी बाग्मती प्रदेशका बासिन्दा रहेका छन् । जसअनुसार बाग्मती प्रदेशका नौ हजार ६२६ जना, प्रदेश १ का सात हजार २७५ जना, प्रदेश २ का पाँच हजार ८९९ जना, गण्डकी प्रदेशका चार हजार ४४८ जना, प्रदेश ५ का पाँच हजार ८६९ जना, कर्णाली प्रदेशका ८१० जना र सुदूरपश्चिम प्रदेशका ८९६ जना रहेका छन् । फर्केका मध्ये २६ हजार २८९ जना आफ्नो प्रदेश पुगेर नजिकको क्वारेन्टाइनमा बसी घर फर्केका छन् । अझै पनि होटेल क्वारेन्टाइनमा एक हजार १५५ जना, होम क्वारेन्टाइनमा तीन हजार ७५५ जना र स्थानीय क्वारेन्टाइनमा तीन हजार ६५७ जना नेपालीले स्वास्थ्य लाभ गरिरहेको समितिले जनाएको छ ।

यसै अवधिमा २२१ जनाभन्दा बढीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । शव ल्याएका मध्ये सबैभन्दा बढी मलेसियाबाट ७२ जनाको रहेको छ । साउदी अरेबियाबाट ७०, कतारबाट ४८, कम्बोडियाबाट ३३, यूएईबाट १३, कुवेतबाट आठ, बहराइनबाट सात, ओमान, माल्दिभ्स र हङ्कङबाट एक–एक जनाको शव ल्याइएको छ । विदेशबाट अझै ९४ जनाको शव ल्याउन बाँकी छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।