२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्स आवेदन दुई महिनापछि मात्र



अ+ अ-

काठमाडौँ  । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, “मुख्य त कोरोनाकै कारण तत्काल खुला नगरिने भएको हो । खुला गर्नासाथ मान्छेको चाप बढ्छ । भीड बढी भएपछि कोरोना फैलने सम्भावना हुन्छ । ” बन्दाबन्दी अघिदेखि नै नयाँ आवेदन रोकिएको हुँदा सेवाग्राही ठूलो सङ्ख्या एकै पटक आउन सक्ने सम्भावना रहेको हमालको भनाइ छ ।

विभागका अनुसार निरन्तर रूपमा खुला गरिएको दिन सामान्य दिनमा देशभर दैनिक पाँचदेखि आठ हजारसम्म नयाँ आवेदन पर्थे । लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सम्भावित भीड व्यवस्थापन गर्ने गरी दुई महिनापछि खुला गरिने विभागले जनाएको छ । “अहिले प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाइएको लाइसेन्स त वितरण हुन सकेको छैन, मान्छे लिन आइरहेका छैनन् । यसैले नयाँ लाइसेन्स तत्काल खोल्दा व्यवस्थापन र कोरोनाको समस्या हुन्छ”, महानिर्देशक हमालको भनाइ छ ।

सात लाख लाइसेन्स प्रिन्ट
यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा बाँकी रहेका करिब सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेको छ । गत माघमा बाँकी रहेका सात लाख स्मार्ट लाइसेन्स छ महिनामा सक्ने गरी काम सुरु गरिएको थियो तर कोरोनाले नयाँ आवेदन रोक्का भएपछि बाँकी रहेको काम गर्न सजिलो भएको विभागले जनाएको छ । यस अवधिमा सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको र अब ४०/४५ हजार लाइसेन्स साउनसम्म सक्ने तयारी गरिएको छ । विभागले बन्दाबन्दीमा प्रिन्ट भएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ ।

विभागले तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन सिफ्टमा सञ्चालन गरी दैनिक पाँच हजार लाइसेन्स प्रिन्ट गरिरहेको छ । प्रिन्ट गर्नुपर्ने लाइसेन्सको चाप चार वर्षदेखि बाँकी रहेपछि बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा प्रिन्ट मेसिन सञ्चालन गरिएको थियो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।