२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुँदै



अ+ अ-

काठमाडौँ । सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ कक्षा ११ को नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आउनेछ । एसईईको नतिजा अन्तिम अवस्थामा पुुगिसकेको छ ।

विगत तीस वर्षदेखि कक्षा ११ मा धेरै विषयको पाठ्यक्रम परिमार्जन हुन नसकेको अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयमा पुनः विचार नहुने र ढुक्क भएर यसको तयारी थाल्न पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले आह्वान गरेका छन् । केन्द्रका निर्देशक गणेश भट्टराईले सानातिना समस्या भए पनि आफ्नो निर्णयबाट सरकारपछि नहट्ने बताउनुभयो । राजनीतिक प्रणाली परिवर्तन भए पनि पाठ्यक्रममा परिमार्जन हुन नसकेको उल्लेख गर्दै नयाँ पाठ्यक्रम लागू गर्ने अवसरबाट पछि हट्न नहुने र सरकार यसमा अडिग रहेको उहाँले बताउनुभयो । कक्षा ११ को नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवन उयोगी शिक्षा गरी तीनवटा अनिवार्य विषयका पुस्तक सरकारले नै उपलब्ध गराउने जानकारी उहाँले दिनुभयो । केन्द्रले हालसम्म ७५ वटा विषयको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ ।

पाठ्यक्रममा भएका कमी कमजोरीलाई बर्सेनि परिमार्जन गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षकको तालिम, अभिमुखीकरण लगायतमा सरकारले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । हाल विद्यालय तहमा कार्यरत शिक्षकबाटै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

तयारी थाल्दै विद्यालय
विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाले भने नयाँ पाठ्यक्रम लागू गर्न तयारी सुरु गरेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि सरकारबाट विशेष सहयोग हुनुपर्ने अवस्था रहेको जनाएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापाले नयाँ पाठ्यक्रम लागू गर्न ढिला भइसकेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाको जग बसाल्न पनि नयाँ पाठ्यक्रम लागू गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । राजनीतिक प्रणाली परिवर्तन भए पनि त्यसबारे विद्यार्थीलाई जानकारी दिन नसकिएको अवस्थामा नयाँ पाठ्यक्रम लागू गरिने कुरामा विलम्ब हुन नहुने उहाँको भनाइ छ । विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले धेरै ठूलो धनराशि खर्च गरेर नयाँ पाठ्यक्रम निर्माण गरिएकाले यसको कार्यान्वयन यसै वर्षबाट गरिनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयहरूले नयाँ पाठ्यक्रम लागू गराउन आवश्यक तयारी थालेको उहाँको भनाइ छ । पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिनुपर्ने स्पष्ट गर्दै शिक्षकको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । सरकारले २०७६ माघ २ गते कक्षा ११ मा यसै शैक्षिक सत्रबाट र कक्षा १२ मा आगामी शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ  ।