६ भाद्र २०८३, शनिबार
,
Latest
गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण



अ+ अ-

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्याबारे जानकारी गराउँदै यसको समाधानका लागि आग्रह गरिएको सङ्घका अध्यक्ष सुवेदीले बताउनुभयो ।

पर्यटकीय राजधानीमा पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको अवस्थामा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा सामस्या परेको बताउँदै पर्यटकको बढी चहलपहल हुने लेकसाइड, ड्यामसाइडलगायत क्षेत्रमा खानेपानी प्राप्तिमा कठिनाइ हुनु दु:खद् भएको उल्लेख गर्नुभयो । यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जानसक्नेतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

“आन्तरिक तथा बाह्य पर्यटन आउने पोखराका होटलसहित अन्य व्यवसायीले सुक्खायामसँगै आवश्यकताअनुसार खानेपानीको उपयोग गर्न पाइरहेको अवस्था छैन”, सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, “होटल तथा पर्यटन व्यवसायीले दैनिकजसो बोरिङको पानी खरिद गरी पाहुनालाई सेवा दिनुपर्ने बाध्यात्मक परिस्थिति रहेको हुँदा पोखरा र पर्यटकको आवासीय क्षेत्र लेकसाइड, ड्यामसाइडमा नियमित रूपमा खानेपानीको व्यवस्था मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।”

सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेललगायतले खानेपानीको समस्यालाई तत्काल समाधान गर्न आग्रह गर्नुभयो ।

संस्थान प्रमुख कार्कीले सन् २०१५ को पुरानो आयोजनाअनुसार अघि बढेको आयोजना भएकाले जाइकाले ल्याएको पानीले पनि पोखरेलीको आवश्यकता पूरा गर्न नसकिएको बताउँदै चुहावट र चोरीको समस्या रहेको बताउनुभयो । उभोक्तालाई आवश्यकताअनुसारको पानी दिन पाए आफूहरूको पनि आम्दानी बढ्ने बताउँदै उहाँले सहज पानी आपूर्तिका प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस